काठमाडौं–संघीय प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा चार जना मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर गर्ने कार्यसूची रहेको संसद् सविचालयले जनाएको छ।
संसद् सचिवालयका अनुसार आज कृषि तथा पशुपक्षी, श्रम, रोजगार, अर्थ र ऊर्जा मन्त्रालयसम्बन्धी सांसदले राखेका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय महिला आयोगको १५औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।


