काठमाडौँ– रास्वपाबाट निर्वाचित भएका सांसद शिशिर खनालले नेपालको नक्साबारे परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
बिहीबार बसेको प्रतिनीधिसभाको बैठकमा उनले नेपालको भूराजनीतिक अवस्थामाथि कुनै नेता र पार्टीले राजनीति गर्ने थलो नबनाउन चेतावनी दिएका हुन्।
‘यो सदनले पारित गरेको नक्सा छिमेकि राष्ट्र संयुक्त राष्ट्रसंघलाई जानकारी गराएको रहेनछ। गराउने हो कि हैन पनि थाहा छैन भन्नु भयो। हामीलाई यसबारे जानकारी चाहियो,’ उनले भने, ‘नेपालको भूगोल संवेदनशिल भू—राजनीति कुनै नेता र पार्टीको राजनीति गर्ने खेल नबनोस्। यसको लागि तथ्यपरक सूचना सदनलाई जानकारी दिनुहोला।’
उनले आफ्नो भूमि समेटिएको नक्साबारे समेत सबैलाई जानकारी नदिइएको प्रति उनको आक्रोश छ।
‘प्रतिनिधिसभाले २०७७ जेठमा नै पारित गरेको नेपालको नक्साको बारे छिमेकी मुलुक लगायत अन्य ठाउँहरुमा जानकारी गराएको कि नगराएको कुरा थाहा छैन भनेर परराष्ट्रमन्त्रीले भन्नु भएको छ,’ उनले भने।


