काठमाडौं– गत ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएपछि राजस्व अनुसन्धान टोलीबाट बरामद अवैध ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाराका शिवकुमार सफरलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो। सफरसहित सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।
राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न २१ साउनमा सीआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो। ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी, उनीहरुसँग साँठगाँठ भएका नेपाली र भारतीयलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गर्दै आएको छ।


