काठमाडौंँ– नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका संगठित सदस्यले शपथ ग्रहण गरेका छन्। शुक्रबार भक्तपुरमा पार्टीले आयोजना गरेका सपथ ग्रहण कार्यक्रममा करिब एक हजार पाँच सय संगठित सदस्यले शपथ ग्रहण गरेका हुन्।
सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले एमाले सरकारबाट बाहिर भएको कारण राष्ट्रिय गौरवका योजनालाई अगाडि बढाउन नसकेको गुनासो गरे।
उनले राम्रो काम गर्ने पार्टी नै निर्णय गर्ने ठाउँमा नहुँदा सोचे अनुरूपको काम गर्न सम्भव नभएको टिप्पणी गरे। उनले भने, ‘राम्रो काम गरेको पार्टी आज अलि सत्ताबाट बाहिर छ। विडम्बना जसले राम्रो काम गर्छ, जनताको सुरक्षा गर्छ ,सामाजिक सुरक्षा गर्छ। त्यो पार्टी निर्णय गर्ने ठाउँमा छैन्। आज निर्णय गर्ने ठाउँमा भएको भए राष्ट्रिय गौरवका योजनालाई आज अगाडि बढाइसकेका हुने थियौं। त्यो आज सम्भव भएन। उत्पादनको क्षेत्रलाई फराकिलो ढङ्गले अगाडि बढाउने थियौं त्यो आज सम्भव भएको छैन।’
नयाँ सदस्यता लिएसँगै भक्तपुरको सम्भावना, पर्यटन र कृषि क्षेत्रमा एमालेले जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने दाबी गरे।


