काठमाडौँ- आरती साहको न्यायका लागि माइतीघरमा धर्नामा बसेका परिवारका सदस्यले कपाल मुण्डन गरेका छन्। धर्ना सुरु गरेको ८५ दिन बित्दा पनि सरकारले आफूहरुको मागप्रति बेवास्ता गरेको भन्दै आफन्तहरूले कपाल मुण्डन गरेका हुन्।
धनुषाकी २२ वर्षीया आरती साह जेठ ७ गते श्रीमानको घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। माइती पक्षले हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिन गर्न माग गर्दै आएको छ।
आरतीले न्याय पाउनुपर्ने भन्दै असार १ गतेदेखि आफन्त माइतीघर मण्डलामा धर्नामा छन्।











