काठमाडौँ- स्वीटजरल्यान्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेका हुन्।
सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग वल्ड ट्रेड अर्गनाइजेसन (डब्लूटीओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधिको समेत जिम्मेवारी दिइएको छ।



