पोखरा- नेपाली कांग्रेस गण्डकी प्रदेश समिति अन्तर्गत बीपी स्मृति पुस्तकालयले प्रदेश भित्रका ११ जनालाई सम्मान गर्ने निर्णय गरेको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्ने प्रदेश अन्तर्गतका प्रत्येक जिल्लाबाट एक/एक जनालाई सम्मान गर्न लागिएको पुस्तकालयका कोषाध्यक्ष एवम् नेपाली कांग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग उपप्रमुख शिरोमणि बरालले जानकारी गराए।
उनका अनुसार सम्मानित हुनेमा मुस्ताङबाट सुवर्ण विष्ट, म्याग्दीबाट अजय मिलन श्रेष्ठ, बाग्लुङबाट कुलराज गौतम, कास्कीबाट नन्दादेवी गुरुङ, स्याङ्जाबाट खगेन्द्रराज रेग्मी, नवलपुरबाट दुलारे महतो, गोरखाबाट चन्द्र प्रकाश न्यौपाने, मनाङबाट कोमल घले, लम्जुङबाट पृथ्वीलाल गुरुङ र तनहुँबाट जीवन ध्वज गुरुङ रहेका छन्।
भदौ २४ गते ११०औँ बीपीजयन्तीको अवसरमा कार्यक्रम गर्न लागिएको पुस्तकालयका अध्यक्ष एवम् नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी दिए।
पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा हुने कार्यक्रमको नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गर्नेछन्। कार्यक्रममा बीपीको योगदानबारे वक्ताहरूले चर्चा गर्नेछन्।


