२०८३ साउन १४ गते बिहिबार

यी हुन् पाल्पा सैनिक संग्रहालयका आकर्षण [तस्बिरहरू]

 |  मनिष अर्याल
Sanket

मनिष अर्याल

काठमाडौँ, भदौ २३
army_musiam-2

पाल्पा- नेपाली सेनाले २०७५ सालदेखि सुरु गरेको एकीकरण पदमार्ग कार्यक्रम अन्तर्गत सङ्ग्रहालय काठमाडौँबाहेक अन्य दुई स्थानमा बनाइएको छ। एउटा सिन्धुली गढी र अर्को पाल्पा दरबारमा सैनिक सङ्ग्रहालय बनाइएको हो।

पाल्पा दरबारमा अवस्थित सैनिक सङ्ग्रहालय २०७८ सालमा निर्माण कार्य सम्पन्न भई प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेपछि सर्वसाधारणलाई खुला गरिएको छ। लुम्बिनी प्रदेश स्तरीय पाल्पा दरबार सङ्ग्रहालय घुम्न आउन आन्तरिक तथा बाह्य पर्यटकलाई मध्य नजर गर्दै यो सङ्ग्रहालय स्थापना गरिएको हो।

यस सङ्ग्रहालयलाई मुख्य पाँच कक्षमा विभाजन गरिएको छ। नेपाली सेनाको इतिहासदेखि अहिलेसम्मका गतिविधि साथै सैन्य सामग्रीहरू सङ्ग्रहालयमा राखिएको छ। पहिलो अभिकलन कक्षमा नेपाली सेनाका पूर्व प्रधान सेनापतिदेखि अहिलेसम्म रहेका प्रधान सेनापति, राष्ट्र निर्माता, अतिरथी र परमाधिपतिहरूको तस्बिर र चित्रहरू राखिएको छ।

दोस्रो कक्षमा नेपालको एकीकरण र अङ्ग्रेज युद्धमा प्रयोग गरिएका पाल्पाका मुख्य नुवाकोट गढी, जितगढी, र वाकुम गढीको कलाकृति राखिएको छ। अर्को ऐतिहासिक शस्त्र अस्त्र कक्ष नाम दिइएको यो कक्षमा नेपाल एकीकरण र अङ्ग्रेज युद्धमा नेपाली सेनाले प्रयोग गरेको हात हतियारहरू राखिएको छ। भरुवा बन्दुकदेखि तोप, खुकुरीहरू सैनिक सङ्ग्रहालय छाउनी बाट ल्याएर राखिएको छ। पुरानासँगै अहिले प्रयोग हुने आधुनिक हात हतियारहरू पनि राखिएको छ। यससँगै पोसाक आभूषण, विभूषण कक्षमा नेपाली सेनाको स्थापनाकालदेखि प्रयोग गरिएको पोसाकसहित नेपाली सेनामा प्रयोग हुने दर्ज्यानी चिन्हहरू राखिएको छ।

पाँचौ कक्षमा नेपाली सेनाको अहिलेसम्मको योगदानहरूको भिडियो अडिटोरियममा देखाइन्छ। सबै कक्ष घुमेर आएर अन्तिम अडिटोरियममा सेनासम्बन्धी सामग्रीहरू देखाइने गरिन्छ। सैनिक सङ्ग्रहालय स्थापना पछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण झनै बढेको पाल्पा दरबार सङ्ग्रहालयले जनाएको छ। यहाँ आउने पर्यटकहरू सैनिक सङ्ग्रहालय अवलोकन पछि पुलकित हुने गरेका छन्।

पहिला दैनिक २०० पर्यटक पुग्ने पाल्पा दरबार सङ्ग्रहालयमा सैनिक सङ्ग्रहालय स्थापनापछि ४५० हाराहारीमा अवलोकन गर्न पुग्ने गरेको पाल्पा दरबार सङ्ग्रहालयका निमित्त प्रमुख चन्द्र ओलीले जानकारी दिए।

नेपाल फोटो लाइब्रेरी

प्रकाशित: २०८० भदौ २३ गते शनिवार १२:२७
प्रतिक्रिया

थप समाचार

अशान्त मधेश: सुनसरी र सिरहापछि वीरगञ्जमा पनि कर्फ्यु, के छ पछिल्लो अवस्था?

जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी...

जापानको कुमामोतोमा भूकम्प, ३० जनाको मृत्यु

जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ। जापानकी प्रधानमन्त्री साने ताकाइचीले बिहीबार सरकारको आपत्कालीन विपद् व्यवस्थापन मुख्यालयको...

रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी, किसान समस्यामा

जनकपुरधाम: सिँचाइका लागि जडान गरिएको विद्युतीय उपकरण(ट्रान्सफर्मर) चोरी भएपछि महोत्तरीको गौशालाका किसान समस्यामा परेका छन्। रोपाइँको महत्वपूर्ण समयमा ट्रान्सफर्मर चोरी हुँदा किसानहरू सिँचाइ...

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

झापा: बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन...

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

जनकपुर: हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ। जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन्। उनीहरूले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...
Roop_Jyoti
बैंकिङ

ऋण नतिरेपछि व्यवसायी रुप ज्योतिको सम्पत्ति लिलाम गर्दै प्रभु बैंक

काठमाडौं। व्यवसायी रुप ज्योतिले ऋण नतिरेपछि प्रभु बैंकले धितोमा राखेको सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको छ। साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंकमा समाहित) बाट लिएको ऋण नतिरपछि...
nrb2
बैंकिङ

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना