काठमाडौँ– नकेपा एमालेका अध्यक्ष केपी ओलीले, आफ्नो देश छोडेर अरुको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै त्यसतर्फ असन्तुष्टि जनाएका छन्।
काठमाडौँमा झापा काठमाडौं सम्र्पक मञ्चद्वारा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय आफ्नो देश बनेको छैन् भनेर बनेका देशको पछि लाग्ने प्रवृत्ति बढेको भन्दै त्यो घातक हुने बताए। जति सुकै गरेपनि परदेश आफ्नो देश जस्तो नहुने उनको तर्क छ।
‘अरुका देश बनेका छन् भनेर, बनेका देशमा हामी कुदेर। हाम्रो देश बनेको छैन भनेर बनेका देश तिर कुदेर हुँदैन,’ उनले भने।
त्यस्तै उनले विदेशको बाटो बनाएर देश सिंगारेपनि, त्यसको फाईदा आफूले लिन नपाउने कुरा स्मरण गर्न आग्रह गरे। उनले भने, ‘आफ्ना बाटा राम्रा बनाउनु पर्छ, आफ्ना गाडी राम्रा बनाउनु पर्छ। उत्पादन गर्नु पर्छ। हाम्रो आफ्नो उत्पादन बढाउनु पर्छ।’
अब समृद्धिको समय आएको भन्दै उनले अब सुख र खुसीका गीतहरु गाउने बेला आएको उनको भनाइ छ।
