काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणका विषयमा सर्वपक्षीय छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आइतबार बिहान ९ बजेदेखि सर्वपक्षीय छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।
छलफलमा पूर्वप्रधानमन्त्रीहरू, संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपाल सरकारका परराष्ट्रमन्त्री, पूर्वपराराष्ट्रमन्त्रीहरू सहभागी छन्।
आइतबारै साँझ प्रधानमन्त्री दाहालले परराष्ट्र मामिलाका विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवायले जानकारी दिएको छ।
प्रधानमन्त्री दाहाल भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि अमेरिका प्रस्थान गर्दैछन्। त्यहीँबाट उनी चीनको बाटो हुँदै नेपाल फर्कनेछन्। असोज ४ गते प्रधानमन्त्री दाहाल अमेरिकाबाट चीनका लागि प्रस्थान गर्ने कार्यतालिका छ।
