ललितपुर- हरवर्ष असोज १ गते पर्ने विश्वकर्मापूजाका लागि मूर्ति बनाउने कालीगढहरूलाई यतिबेला भ्याइनभ्याई छ। ललिपुरको गुसिंगालमा विश्वकर्माको मूर्ति बनाउन भारतको कोलकताबाट पहिलो पटक दीपक हवल्दार नेपाल आएका हुन्। उनीसँगै विकाउ पण्डितलाई पनि मुर्ति बनाउने चटारो छ। यतिबेला विश्वकर्माको मूर्ति बनाउन उनीहरू खटिएका छन्।
विश्वकर्मा पूजाको केही समयपछि दसैँ सुरु हुने भएकाले गणेश, दुर्गा, सरस्वती र लक्ष्मीलगायतका मूर्तिहरू बढी बिक्रि हुन्छन्।
पराल, माटो लगायतका विभिन्न कच्चा पदार्थहरुको प्रयोग गरी निर्माण गरिने सो मूर्तिको मुल्य आकार अनुसार १० हजारदेखि ५० हजारसम्म पर्ने बिक्री हुने पण्डित बताउँछन्।














