२०८३ कार्तिक १४ गते शुक्रबार

भ्रष्टाचार विरोधी अभियानले प्रतिगामीको सात्तो उड्योः प्रधानमन्त्री प्रचण्ड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
prachanda pm

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरुको सातो गएको बताएका छन । समाजवादी मोर्चाले बागमती प्रदेश अन्र्तगत आईतबार हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु गरेको भ्रष्ट्राचारविरुद्धको अभियानले प्रतिगामीहरुको सात्तो उडेको बताएका हुन ।

यसपटक सरकारको नेतृत्व गरिरहँदा देश र जनताको पक्षमा देखिनेगरी काम सुरु गर्ने आफ्नो योजना अनुुरुप भ्रष्ट्राचारविरुद्ध निर्मम भएर काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे। उनले सरकार भ्रष्ट्राचारलाई निर्मुल पार्न, सामाजिक न्याय र सुशासन कायम गर्न कुनैपनि मूल्य चुकाउन तयार रहेको प्रष्ट पारे । हिजो कुशासन चलाउनेहरु अहिले सरकारले सुरु गरेको अभियानबाट आतिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी सुुरु गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।

सरकारको अभियानबाट आतिएका प्रतिक्रियावादीहरुले विभिन्न नाममा एकजुट भएर अहिले विस्तृत शान्तिसम्झौताको भावना र संविधानको मर्म विपरीत सरकारविरुद्ध सबै खाले षड्यन्त्र र तानाबाना बुुन्न तल्लिन रहेको प्रधानमन्त्री प्रचण्डले बताए। ‘सरकारले जसरी एकपछि अर्को भ्रष्ट्राचारका काण्डहरु खोल्दै गएको एकाथरीलाई मन परेको छैन् । उनीहरु सरकारविरुद्ध लागेका छन् । हिजो अनेकन भ्रष्ट्राचारका काण्ड मच्चाउनेहरु एकजुट भएर सरकारविरुद्ध लागेका छन् । कुनै पनि षड्यन्त्र, गुटबन्दी र धम्कीले सरकार अभियानबाट पछि हड्दैन् । यसलाई अझै सशक्त ढंगबाट लगिने छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

सरकार देश र जनताको पक्षमा काम गर्न जुनसकै बाधालाई परास्त गर्दै अगाडि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्ट्राचारको विरुद्ध, जनजीविका, समृद्धि र सुशासनको पक्षमा कसैसँग घुँडा नटेक्ने बताए। सरकारले सुरु गरेका राम्रा कामबाट प्रतिक्रियावादीहरु आतिएको उल्लेख गर्दै उनले यो अभियान सबै नेपाली जनताको भएकाले साथ र समर्थन गरेर सरकारलाई अझै उर्जा थप्न आग्रह गरे। सरकारले हरेक काम जनताको साथबाटै आँट गरेको बताउँदै अहिलेको सरकारको अभियानमा पनि जनसमर्थन आवश्यक रहेको उल्लेख गरे।

समाजवादी मोर्चा निर्वाचनका लागि नभएको प्रष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अहिलेका उपलब्धि र संविधानको रक्षा गर्दै गणतन्त्रलाई सर्वहारा, समाजवादीहरुको बनाउनका लागि जन्मिएको बताए। यो मोर्चा लामो संघर्ष र बलिदानबाट देश र जनताले प्राप्त गरेको महान उपलब्धिहरुको रक्षा गर्न बनेको उल्लेख गरे। गणतन्त्रलाई बुुर्जुुवाहरुको मात्र हुन नदिनका लागि समाजवादी पक्षधरहरु एकजुट भएर मोर्चाबन्दीमार्फत् मैदानमा उत्रिएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।

कम्युुनिष्टहरु फुट्छन् मात्र भन्ने नजिरलाई तोड्दै अब समाजवादी मोर्चामार्फत् देशलाई आवश्यक परेको अवस्थामा कम्युुनिष्टहरु जुट्छन् भन्ने सन्देश दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब विभिन्न अवस्थामा रहेका कम्युनिष्टहरु एउटै केन्द्रमा सामेल हुने परिस्थिति बनेको बताए । अहिले बनेको मोर्चा सबै परिवर्तनकारीहरुको साझा मोर्चा भएकाले प्रतिक्रियावादीहरुलाई परास्त गरेर उपलब्धिहरुको रक्षा गर्न एकजुट हुुन उनले आग्रह गए। उनले प्रतिक्रियावादीहरुलाई परास्त गर्न र उपलब्धिको रक्षागर्न आमजनतासँगै सरकार पनि आन्दोलनमा उत्रने बताए।

प्रधानमन्त्रीले परिवर्तनको रक्षा, सुशासन, सम्बृद्धि र सामाजिक न्यायका लागि नेपाली कांग्रेस, माओवादी, समाजवादीसहितका दलको गठबन्धन बनेको र गठबन्धनका नेताहरु विरुद्ध प्रतिगामीहरुले खुकुरी हान्ने जस्तो जघन्य घटना घटाएको भन्दै यसलाई कुनै हालतमा छुट नदिइने प्रष्ट पारे ।

प्रकाशित: २०८० भदौ २४ गते आईतबार ०५:५३
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना