२०८३ साउन १३ गते बुधबार

रास्वपा सांसद असीम शाहको अनुभव–संसद् सत्ताधारी दलको रजगजमा चलाइँदो रहेछ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
ashim shah

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ। तर, रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन। रास्वपाबाट समानुपातिक सांसद चुनिनुभएका असिम साहको करिब ९ महिनाको संसदीय अभ्यास भने उहाँले चाहेजति सन्तोषजनक छैन।

उनकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम गर्न सदन र सरकार दुवै असफल छन्। ‘सांसदसँग–रासस’ संवादका क्रममा क्रममा सांसद शाहले सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै गएपछि संसद् पनि स्वतन्त्र ढंगले सञ्चालन हुने नसकेको आभाष भएको बताए।

‘सुरुमा हामी आफै सिकिरहेका थियौँ। हाम्रो आफ्नै भोगाइ र सिकाइ रह्यो । तर बुझ्दै जाँदा संसद् सत्ताधारी दलबाट आफ्नो अनुकूल सञ्चालन हुने रहेछ भन्ने थाहा भयो’, सांसद शाह भन्छन्, ‘हामीले पटक–पटक सदन अवरोध नगर्न अनुरोध गरिरह्यौँ तर सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट संसद् अवरोध भयो। बाहिर एउटा विषय देखिने तर प्रमुख दलको बैठकमा बसेर भित्र अर्कै बार्गेनिङ चल्ने रहेछ।’ आफू सांसद भएपछि सदन किन अवरुद्ध हुन्छ र कसरी खुलाइन्छ भन्नेबारे स्पष्ट भएको उनको भनाइ छ।

संसद्का लागि ‘क्यालेण्डर’ आवश्यक पर्ने र संसद् सचिवालयलाई सोहीअनुसार सक्रियतापूर्वक परिचालन गर्न सक्नुपर्ने उनी बताउँछन्। यसबारे संसद्मा कुरा उठाए पनि त्यसको सुनुवाइ नभएको उनको गुनासो छ।
संसद्मा क्यालेन्डरको आवश्यकताबारे चर्चा भए पनि त्यो आवाज सदनले नसुनेको शाहको आरोप छ। अर्कोतर्फ विधायिकी भूमिका निभाउनुपर्ने सांसद आफ्नो जिल्लाका योजनामा बजेट कसरी पार्ने भन्नेमा बढी केन्द्रित हुने र स्थानीय तहबाटै हुने काममा अल्झिने गरेको शाहको बुझाइ छ।

‘सांसदले आफ्नो जिल्लामा बजेट कसरी पार्ने र पाँच वर्षसम्म त्यही काम गर्ने भन्ने सोचाइ राख्ने गरेको मैले पाएँ। मैले पूल बनाए, बाटो बनाए भनेर नागरिकका आकांक्षालाई निर्वाचनमा देखाउने गरेका छन्। अर्को पटक पनि त्यही काम देखाएर त्यसलाई ‘क्यास’ गर्न खोज्ने प्रवृत्ति छ’, सांसद शाह भन्छन्, ‘सामान्य हिसाबले हेर्दा एउटा नगर प्रमुख, गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षले गर्ने काम सांसदले गरिरहेका छन्। त्यही भनेर भोट मागिरहेको अवस्था छ।’

सांसदलाई उनीहरुको भूमिका के हो भनेर बुझाउन जरुरी रहेको शाहको तर्क छ। त्यस्तै, नागरिक स्तरमा पनि यो विषय जानकारीमा लैजानुपर्ने उनी बताउँछन्। सांसदसँग नागरिकले गर्ने अपेक्षा पुरातन शैलीको रहेको पनि उनले टिप्पणी गरे।

‘सांसदका रुपमा मुख्य काम कानुन निर्माण गर्ने हो। जनप्रतिनिधि भएपछि जनताको आवाज बोल्ने हो र त्यसलाई पूरा गर्न आवश्यक कानुन निर्माणमा सशक्तरुपमा लागिपर्ने हो। तर, जनस्तरमा पनि पुरातन शैलीमै सांसद भन्नासाथ पुल, सडकजस्ता पूर्वाधार बनाउने भन्ने संस्कारको विकास भयो’, सांसद शाह भन्छन्, ‘विकास निर्माणका लागि सांसद एक माध्यम बन्न सक्छन्। तर हामी आफैँ ठेकेदार हैनौं। यो बुझ्न जरुरी छ।’

लामो समय संसदीय अभ्यासमा लागेका दलका नेताले संसदीय मर्यादा उल्लंघन हुने गरी अभिव्यक्ति राख्ने गरेकामा शाहलाई त्यो कत्ति पनि चित्त बुझेको छैन। ‘सदनमा वाक स्वतन्त्रताको नाममा बढी नै बोल्नुहुन्छ। जनप्रतिनिधि भएपछि कहाँ कसरी बोल्ने र प्रस्तुत हुने भन्ने कुरा बुझ्नुपर्ने हो। त्यसमाथि संसद्को आफ्नै मर्यादा हुन्छ र नैतिक आचरणमा बस्नुपर्छ’, उनले भने।

दलहरुबीच हुने आरोप–प्रत्यारोपलाई ‘जुँगाको लडाइँ’ को संज्ञा दिँदै सांसद शाह जुँगाको लडाइँकै कारण कतिपय विषयलाई बढाइचढाइ गर्ने र त्यसैमा संसद् अल्झाउने गरेको बताउँछन्। यद्यपि, कहिलेकाहीँ आवेगमा आएर दिने अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने उनको भनाइ छ।

‘जुन ठाउँमा जे विषयमा छलफल हुुनुपर्ने त्यो हुँदैन। हामीले पटक–पटक डेंगुु संक्रमण नियन्त्रणका लागि छलफल चलाउन निवेदन ग¥यौँ। जनसरोकारका हरेक विषयमा छलफल चलाउन आवाज उठाउँदै आएका छौँ। तर, अहिलेसम्म त्यो हुन सकेको छैन’, शाह भन्छन्।

सत्तापक्ष र प्रतिपक्षले खेल्ने भूमिकाले नै सदनलाई कसरी प्रभावकारी बनाउने भन्ने तय हुने उनको बुझाइ छ। सदनलाई सिर्जनात्मक र उत्पादनशील बनाउने सोच राखेर आएका सांसदमा काम गर्ने हतारो र हुटहुटी भए पनि त्यसका लागि उनीहरुले उपयुक्त वातावरण भने पाउन नसकेको उनी स्वीकार्छन्। अझ पुराना राजनीतिक दलमा भने त्यसको हुटहुटी नै नरहेको शाहको बुझाइ छ।

‘हतारो कसैलाई रहेनछ। सरकारले आफ्नो तरिकाले चलाउने रहेछ। हतारो त जनतालाई मात्र रहेछ। ठूला दलका नेतालाई केही कुराको हतारो रहेनछ’, उनी भन्छन्। अझ कतिपय संसद्लाई सदन तथा समितिमा के विषयमा छलफल भइरहेको छ र त्यहाँ गएर के विषय बोल्ने भन्नेसम्मको जानकारी नहुने उनले बताए।

‘हाम्रा लागि नयाँ अभ्यास भएका कारण अलि सजक भएर अध्ययन, अनुसन्धान गरेर मात्र जान्छौँ। अन्य दलका सांसदले धेरै बुझ्नुभएको छ भन्ने डरले पनि हामी धेरै अध्ययन गरेर जान्छौँ’, उनी भन्छन्, ‘तर, धेरैजसो सांसद पूर्वतयारीसहित आउनेभन्दा पनि त्यही पुराना शैलीमा भाषण गर्ने र कुरा गर्ने गर्नुहुन्छ। तथ्य–तथ्यांकमा भन्दा पनि अन्यत्रका कुरा गर्ने गरेको महसुस हुन्छ।’

संसदीय समितिका कामलाई पनि प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ। सांसदका रुपमा जिम्मेवारी बहन गर्न तत्पर शाह सदन नजितामुखी बन्न नसकेकामा दुःख लाग्ने बताउँछन्। ‘सदनमा सबैले राम्रो राम्रो कुरा गर्नुहुन्छ, सबैले राम्रै कुरा गरिरहँदा पनि देशले लिनुपर्ने विकासको गतिचाहिँ किन नलिएको होला?’–रासस

प्रकाशित: २०८० भदौ २५ गते सोमबार ०९:५०
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना