काठमाडौं- करेन्ट लागेर काठमाडौं महानगरपालिका-३१ शान्तिनगरमा एक जनाको मृत्य भएको छ।
भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राईको आइतबार राति मृत्यु भएको हो।
प्रहरीका अनुसार खाजा घरभित्र लत्रिएको विद्युतको तार हटाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। राई शान्तिनगरमा खाजा घर सञ्चालन गर्थे।
