काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत तेजनारायण साहविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीसँग ३३ लाख २० हजार २२६ रुपैयाँ बिगो, कैद तथा जरिवाना माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता भोला दाहालले बताए।
साहले प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरूसँग विद्युत महसुल उठाएर सार्वजनिक सम्पत्ति हिनामिना गरेको अख्तियारको दाबी छ।
साहले विद्युत सम्बन्धी सर्भरको दुरुपयोग गरेर प्रतिष्ठानको खातामा जम्मा हुनुपर्ने रकम हिनामिना गरेको देखिएको अभियोग पत्रमा दाबी गरिएको छ।


