२०८३ कार्तिक ११ गते मङ्गलबार

टेलिकमको फाइबर नेटमा बढ्दो आकर्षण, वार्षिक १२ हजारमा इन्टरनेट र टेलिफोन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
ftth (1)

काठमाडौँ- झन्डै १० वर्षअघि तत्कालीन सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले २०७१ साल भदौ १९ गते नेपालमा उच्चगतिको इन्टरनेट सेवा (एफटीटीएच)को शुभारम्भ गरेका थिए। यो सेवा अझसम्म पनि उतिकै लोकप्रिय छ। डाटा, भ्वाइस र भिडियो सेवा एउटै केबलबाट दिने यो सेवा गुणस्तरीय भएकाले सूचना/प्रविधिको क्षेत्रमा तीव्र परिवर्तन आउँदा पनि यो सेवाको लोकप्रियता अझ बढ्दै गएको हो।

बीचको केही सयम यो प्रविधिले थुप्रै चुनौती सामाना गर्नु परेपनि तिनलाई छिचोल्दै सेवा प्रवाहमा यसले पुनरागमन गरेको छ। आर्थिक वर्ष २०७४/७५ सम्म पनि यसका प्रयोगकर्ता ६७० जना मात्रै थिए। जुन कुल डाटा प्रयोगकर्ताको ०.०१ प्रतिशत मात्रै थियो। आर्थिक वर्ष २०७५/७६ मा पुग्दा एफटीटीएच प्रयोगकर्ताको संख्या ४ हजार ८२४ पुगेको थियो।

आर्थिक वर्ष २०७५/७६ पछि यसका प्रयोगकर्ता उच्च संख्यामा बढ्दै गए। आर्थिक वर्ष २०७६/७७ मा ३७ हजार १३८, आर्थिक वर्ष २०७७/७८ मा १ लाख २२ हजार ११०, आर्थिक वर्ष २०७८/७९ मा १ लाख ९१ हजार ६१ पुगेको थियो। यस्तै गत आर्थिक वर्षको बैखाखसम्ममा एफटीटीएचको प्रयोगकर्ताको संख्या १० लाख २४ हजार ८५२ पुगेको नेपाल टेलिकमको तथ्यांक छ। हाल यो सेवा ७७ वटै जिल्लामा उपलब्ध रहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए।

एफटीटीएचका सेवा र विस्तार
टेलिकमले सुपथ मूल्यमा एफटीटीएच इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ। टेलिकमले वार्षिक रूपमा १२ हजारमा एफटीटीएच अन्तर्गत सबैभन्दा सस्तो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ। जसमा आईपीटीभी र टेलिफोनसहितको एफटीटीएच सेवा उपलब्ध रहेको छ।

यसअन्तर्गत २० एमबीपीएस इन्टरनेट चलाउन सकिनुका साथै एउटा आईपीटीभी र टेलिफोन समेत चलाउन सकिन्छ। उक्त प्याकेज अन्तर्गत इन्टरनेट मात्रै खरिद गर्ने ग्राहकका लागि १० एमबीपीएस इन्टरनेट सुविधा ८ हजारमा उपलव्ध गराउँदै आएको छ।

यस्तै, फाइबर इन्टरनेट अन्तर्गत ३० एमबीपीएस, ४० एमबीपीएस र ८० एमबीपीएससहितको सेवा क्रमशः १३ हजार ८८७, १६ हजार ६८३ र २१ हजार ५४२ रुपैयाँसम्म वार्षिक रुपमा उपलव्ध गराउँदै आएको छ।

यस्तै १०० एमवीपीएस अन्तर्गत एनटीफाइभर इन्टरनेटको मुल्य टेलिकमले सबैभन्दा धेरै ४० हजार ४९ रुपैयाँ शुल्क तोकिएको छ। प्रीमीयम प्याकेज अन्तर्गत उच्च गतिको इन्टरनेट चाहाने ग्राहकका लागि ५० एमवीपीएसका लागि मासिक ४ हजार ४१७, ३ महिनाका लागि १२ हजार ३६८ मूल्य तोकिएको छ। यस्तै, ८० एमवीपीएसका लागि मासिक ५८९० , त्रैमासिक १६ हजार १९६ र वार्षिक ३२ हजार १९६ मूल्य तोकिएको छ। उक्त सेवामा एनटीटीभी जोड्ने ग्राहकले वार्षिकरुपमा प्रत्येक सेगमेन्टमा ६ हजारदेखि ६ हजार ५०० सम्म थप शुल्क तिर्नुपर्ने हुन्छ। यहाँ क्लिक गरेर टेलिकमका प्याकेजबारे जानकारी लिन सकिन्छ।

टेलिकमका प्रवक्ता ‍ शोभन अधिकारी डाटाको प्रयोग बढ्दै गएको बताउँछन्। टेलिकमका डाटाको खपत बढ्दै गएको बताएका उनले रेट भने कम हुँदै आएको बताए। यद्यपि रेट घटेकै अनुपातमा डाटा खपत तीव्र गतिमा भने नबढेको उनको स्वीकारोक्ति छ। ‘हामी संख्याका हिसाबले स्याचुरेसन (परिपूर्णता)को अवस्थामा आइसकेका छौँ,’ रेट घटाएर ल्याएका अधिकांश प्याकप्रति उपभोक्ताको रुचि बढ्दै गएको छ।

टेलिकमको एनटीटीभीको जनाउने तस्बिर।

एफटीटीएच सेवा सस्तो हुनुका साथै गुणस्तरीयसमेत भएकाले यसको विश्वसनीयता अन्य प्रकृतिका इन्टरनेटमा भन्दा बढी भएको बताउँछन् नेपाल टेलिकमका पूर्वकार्यकारी निर्देशक बुद्धिप्रसाद आचार्य।  एफटीटीएच सेवाको विश्वसनीयतका कारण ‍सूचना प्रविधिको तीव्र विकास भएपनि यसको प्रयोग अझ बढ्दै गइरहेको उनको भनाइ छ।

‘जोडेपछि अरु मोबाइल डाटा लिइरहनुपरेन। त्यो सस्तो पनि हुने भयो र डेटाका लागि भरपर्दो पनि हुन्छ। वायरलेसभन्दा वायरलाइनयुक्त सर्भिस डेटाका लागि निकै भरपर्दो मानिन्छ। तर, घर वा अफिसबाहिर भएर नेट नचलाई नहुनेलाई मात्र डेटा लिनुपर्ने हुन्छ,’ आचार्य थप्छन्, ‘आजका दिनमा धेरै मान्छेको दिनचर्या हेर्ने हो भने कोही मान्छे कुनै ठाउँमा गयो भने उसले वाइफाई नै ‘प्रिफर’ गर्छ। उसले आफ्नो डेटा चलाउँदैन। त्यसैले टेलिकमले एफटीटीएचमा जोड दिनुको कारण पनि यहीँ हो। एफटीटीएच सेवाको विस्तार आशाअनुरुप गइरहेको छैन।’

एफटीटीएचको भावी योजना
एफटीटीएचमा आधारित इन्टरनेटको गुणस्तर सुधारमा टेलिमकले ध्यान दिन थालेको छ। टेलिकमले फोरजी नेटवर्कको विस्तार तथा अपग्रेडिङ, एफटीटीएच सेवाको विस्तार र भावी फाइभजी सेवाको विकासलाई अबको प्राथमिकता निर्धारण गरेको प्रवक्ता अधिकारी बताउँछन्। ‘मुलुकको विभिन्न ठाउँमा विस्तार भएको एफटीटीएच सेवाको गुणस्तर सुधार गर्न तथ्याङ्क संकलन र विश्लेषण सेवा मार्फत इन्टरनेटमा हुने गरेका विभिन्न अवरोध हटाउने काममा टेलिकम केन्द्रित भएकभो छ,’ उनी थप्छन्, ‘पहुँच विस्तार त छँदैछ। अब हाम्रो जोड गुणस्तरमा बढी केन्द्रित भएको छ। टेलिकम्युनिसकेसनको सेवा प्रदायक भएकाले नयाँ प्रविधि भित्र्याउने कुरा पनि उतिकै महत्वपूर्ण छ।’

एफटीटीएच सेवालाई थप सशक्त बनाउने दिशामा नेपाल टेलिकमले काम गरिरहेको देखिएको पूर्वकार्यकारी निर्देशक आचार्य उल्लेख गर्छन्। एफटीटीएच सेवा विस्तार गर्दै जाने र सेवा पुर्‍याइएको केबुलको जाझबुझ गरी गुणस्तरीय इन्टरनेट उपलव्ध गराउने काममा टेलिकम सशक्त रुपमा अगाडि बढिरहेको छ। विशेषगरी काठमाडौं उपत्यकाभित्रका चाबहिल, सुन्धारा र पाटनमा इन्टरनेट सेवाको गुणस्तर सुधारमा टेलिकमले विशेष ध्यान पुर्याउँदै आएको छ।

एफटीटीएचलाई गुणस्तरी बनाउनका लागि टेलिकमले तारलाई भूमिगत गर्ने प्रणाली पनि अपनाएको अधिकारी बताउँछन्। ‘अन्डरग्राउन्ड गर्दा निकायसँग समन्वय गर्नुपर्ने, अनुमति लिनुपर्नेलगायतका कारणले केही समय लाग्छ,’ अधिकारी भन्छन्, ‘सेवालाई चुस्त बनाउन हामीले विभिन्न ‘मोडल’ हरु अपनाएका छौं। केही आउटसोर्सिङ गरेर भए पनि ग्राहकले भनेको बखत नै मर्मत/सम्भार गर्ने हिसाबले अघि बढेका छौं। पहिले भन्दा ग्राहकको सेवा र मर्मतमा हामी बढी चनाखो छौं।’

यसरी सुरु भएको थियो एफटीटीएच
तत्कालीन महानिर्देशक बुद्धिप्रसाद आचार्यले उतिबेला नै एफटीटीएचलाई नेक्सट जनेरेसन नेटवर्क प्रविधि भनेका थिए। सुरुमा यसलाई ‘एनटी फाइबर’का नामबाट बजारीकरण गरिएको थियो। पछि यसलाई फाइबर टु दी होम (एफटीटीएच) भनेर बजारीकरण गर्न थालियो।

सुरुसुरुमा एफटीटीएचबाट अनलिमिटेड तथा भोल्युमवेस्ड सेवा लिन सकिन्थ्यो। १ एमबीपीएसदेखि १०० एमबीपीएससम्मको इन्टरनेट यसबाट प्रदान गरिन्थ्यो।

ई-गभर्नेन्स, ई-बैंकिङ, ई-कमर्समा आधारित सेवाहरु सेवाग्राहीमा उच्च गति इन्टरनेट सेवा उपलव्ध गराउँदै दशैभरी यस सेवाको विस्तार गर्ने लक्ष्य टेलिकमले लक्ष्य राखेको थियो।

पहिलो चरणमा काठमाडौंको दरबारमार्ग, कमलादी, काठमाडौं प्लाजा र जमलमा उक्त सेवा उपलब्ध गराइएको थियो। यस्तै दोस्रो चरणमा टेलिकमले काठमाडौं उपत्यकाभित्र ठमेल, लाजिम्पाट, सोह्रखुट्टे, चावाहिल, गौशाला, विशालनगर, सिनामंगल, बत्तिसपुतली, धुमबाराही, स्वयम्भू, क्षेत्रपाटी, बौद्ध, सितापाइला, पूरानो बानेश्वर, कलंकी, सोल्टीमोड, कुलेश्वर, कालिमाटी, बल्खु, ग्वार्को, सानेपा, कुपन्डोल, मानभवन, झम्सिखेल, पाटन दरवार, पुल्चोक, कुमारीपाटी, लगनखेल, सातदोबाटो र हात्तीवनमा फाइबर टु द होम सेवा विस्तार गर्ने लक्ष्य राखेको थियो।

त्यस्तै, उपत्यका बाहिर चितवनको भरतपुर, पोखरा, वीरगञ्ज, विराटनगर र बुटवलमा सेवा विस्तार गर्ने टेलिकमको सुरुवाती योजना थियो।

टेलिकमले एडिएसएल सेवालाई विस्थापित गर्न फाइभर टु दि होम (एफटीटीएच) सेवा विस्तार गरेको थियो। अन्य इन्टरनेट सेवा उपलव्ध नभएको समयमा एडिएसएल आएकाले यसका प्रयोगकर्ता करिब २ लाखका हाराहारीमा थिए। तर, १२८ र २५६ केबीपीएस गतिको यो इन्टरनेट सेवा निकै सुस्त थियो।

प्रकाशित: २०८० भदौ २५ गते सोमबार ०८:०२
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना