काठमाडौं- गितेन्द्रबाबु (जिबी) राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य पक्राउ परेका छन्।
सहकारी सदस्य कुमार रम्तेललाई प्रहरीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रम्तेललाई पक्राउ गरेको एक अधिकृतले बताए।
बचतकर्ताहरूको रकम ठगी गरेको आरोपमा राईसहित सात जनाविरूद्ध कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। राईसहित अन्य व्यक्तिहरू फरार रहेको ती अधिकृतले बताए।
राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत हुन्। उनी अध्यक्ष रहेको सहकारी संस्था पोखरामा छ।
राईसहितका व्यक्तिविरूद्ध ९७१ जना बचतकर्ताले जाहेरी दिएका छन्।
का पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक हुन्।
उक्त सहकारीले बचतकर्ताको १६ अर्बभन्दा बढी रकम ठगी गरेको आरोप छ। फरार भएका राईसहितका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।


