२०८३ कार्तिक १४ गते शुक्रबार

बीपीको परराष्ट्र नीतिमाथि बहस, सान्दर्भिकताको खोजी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
sudheer_sharma

काठमाडौँ- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका नेताहरूले बताएका छन्।

कांग्रेसले बीपीको ११०औँ जन्मदिनको अवसरमा आइतबारदेखि सानेपामा आयोजना गरेको ‘बीपी साहित्य सम्मेलन–२०८०’ को दोस्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयमा छलफल भएको हो। सो विषयमा मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बीपीले लिनुभएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी भएको बताए।

‘मार्क्स र गान्धीको विचारबाट प्रभावित हुनुभएका बीपीको विचारमा मार्क्सवाद र गान्धीको आर्थिक समाजवाद तथा अहिंसावादी व्यवहार झल्किन्छ,’ उनले भने, ‘बीपीलाई २०१७ सालमा प्रधामन्त्रीबाट हटाउन देशभित्र कै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालीन राजा महेन्द्रले भूमिका खेलेका हुन्।’

बीपी अग्रगामी, लोकतान्त्रिक र समाजवादी चरित्रको भएकाले भारतमा इन्दिरा गान्धीले सङ्कटकाल लगाएको, सिक्किम भारतमा विलय भएको आदि कारणले राजासँग मेलमिलापको नीति लिएर बीपी नेपाल आएको उल्लेख गरे।

पूर्वप्रधानमन्त्री डा भट्टराईले बीपीको राष्ट्रियताको विषयमा राजासँग मिलेर जान खोज्ने मेलमिलापको नीति सही भए पनि राजाले विश्वासघात गरेको उल्लेख गरे। बीपीले अँगालेको नीति सफल नभए पनि सही भएको बताए। नेपालमा दलहरूबीच पदका लागि बाहेक सहमति नजुट्नु दुर्भाग्य भएको बताएका पूर्वप्रधानमन्त्री डा भट्टराई भने, ‘कोही ठूलो मान्छे बन्न खोज्छ भने उसले बल मिच्याइँ गर्छ भनेर बीपी भन्नुहुन्थ्यो।’

अन्तर्राष्ट्रिय राजनीतिमा बीपीको योगदान अतुलनीय : नेता डा खड्का
कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा नारायण खड्काले बीपीको व्यक्तित्व अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च र सम्मानित भएको बताए। ‘राजा महेन्द्रले बीपीलाई अपदस्थ गरेपछि संयुक्त राष्ट्रसङ्घको महासभामा जाँदा संयुक्त राज्य अमेरिकामा ९३ जना नेबेल पुरस्कार विजेताले विरोध गरेको घटना ऐतिहासिक थियो,’ उनले भने।

चीनका राष्ट्रपति माओत्से तुङसँगको वार्ता, चीनका प्रधानमन्त्रीसँग सगरमाथा नेपालको हो भनेर दाबी पेश गर्ने बीपीले मुस्ताङमा नेपाली नागरिक मारिँदा माफी मगाई क्षतिपूर्ति गराएको घटना कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान भएको उल्लेख गरे।

कूटनीतिक क्षेत्रमा बीपीको योगदानलाई सबैले सम्मान गर्नुपर्छ : नेता ज्ञवाली
नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवलीले चीनसँग सम्बन्ध राख्दा भारतविरोधी र भारतसँग सम्बन्धलाई निरन्तरता दिँदा चीन विरोधी हुनुपर्दैन भनेर बीपीले लिएको अडान परराष्ट्र मामिलामा उल्लेखनीय भएको बताए।

नेता ज्ञवालीले बीपीले भारत र चीनसँगको नेपालको सम्बन्ध राजनीतिक भन्दा व्यापारिक आधारमा हुनुपर्ने नीति लिएको, भारतको अनुचित दबाबलाई बीपीले अस्वीकार गरेको, भारतमै रहँदा प्रजातन्त्रको पक्षमा र नेपालमा आउँदा राष्ट्रियताको पक्षमा देखिने दोधारमा हुँदा बीपीले राष्ट्रियतालाई प्राथमिकता दिएको बताए। उनले बीपीसँगको राजनीतिक लाइनमा समर्थन जनाउन नसकिए पनि कूटनीतिलाई सबै दलले र मुलुकले सम्मान गर्नुपर्ने बताए।

चीन र भारतसँग समान सम्बन्ध राख्ने क्षमता बीपीले राख्नुहुन्थ्यो : कूटनीतिज्ञ अधिकारी
कूटनीतिक क्षेत्रकी जानकार इन्द्र अधिकारीले बीपीले संयुक्त राष्ट्रसङ्घको १५औँ साधारणसभामा दिएको अभिव्यक्तिले बीपीलाई विश्व जगतमा चिनाएको बताइन्। ‘बीपीले ठूला शक्ति राष्ट्रले युद्ध र हतियारमा लगानी गरिरहेको भन्दै त्यसको मार साना र अविकसित देशमा परिरहेकोले धनी र ठूला राष्ट्रले विकासशील राष्ट्रलाई सहयोग गर्नुपर्छ भनेर माग गर्नुभएको थियो,’ उनले भनिन्, ‘सो अभिव्यक्तिबाट बीपीको उचाइ एक्कासि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सकेको थियो।’

बीपीले प्रधानमन्त्री भएपछि चीनको भ्रमणको तयारी हुँदै गर्दा भारतीय प्रधानमन्त्री तथा मित्र जवाहरलाल नेहरूले चीनसँग वार्ता गर्ने विषयमा सुझाव दिँदा अस्वीकार गरेको उनले स्मरण गरिन्। कूटनीतिज्ञ अधिकारीले नेहरूको दबाबलाई अस्वीकार गर्दै नेपाल सार्वभौम र स्वतन्त्र देशको हैसियतमा आफ्नो कूटनीति र सम्बन्ध छिमेकीसँग राख्न सक्छ भन्ने जवाफले आफ्नो हैसियत देखाएको उनको भनाइ थियो। चिनियाँ राष्ट्रपति माओत्सेतुङ र प्रधानमन्त्री चाउ एन लाईसँग वार्ता गरेर कूटनीतिक सम्बन्ध विस्तार गरेको स्मरण गर्दै चिनियाँ प्रधानमन्त्रीले गरेको सम्मानलाई आज पनि ऐतिहासिक रूपमा लिइने बताइन्।

सो कार्यक्रमको सहजकर्ता सुधीर शर्माले गरेका थिए भने कार्यक्रमको संयोजन पार्टी केन्द्रीय सदस्य नानु बाँस्तोला तथा श्रीबाबु कार्की र अमृत ज्ञवालीले गरेका थिए।

बीपीमाथि पाँच शीर्षकमा प्रवचन तथा छलफल
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा जारी तीन दिवसीय बीपी साहित्य महोत्सवको दोस्रो दिन आज बीपी कोइरालामाथि आधारित रहेर कुल पाँचवटा शीर्षकमा प्रवचन तथा छलफल सम्पन्न भयो। बिहान ११ बजेदेखि सुरु भएको पहिलो सत्रमा जहवारलाल नेहरू विश्वविद्यालयका प्राध्यापक डा आनन्द कुमारले ‘मार्क्स, गान्धी र बीपी, आजको लोकतान्त्रिक समाजावादको खोज’ विषयमा प्रवचन दिएका थिए।

प्रवचनका क्रममा प्राध्यापक डा आनन्द कुमारले समाजवादी नेता बीपी कोइरालाले जीवनभर सामान्तवादका विरुद्ध लडिरहेको र पूँजीवादविरुद्ध डण्डा चलाएको धारणा राखे। ‘पूँजीवाद असफल भएपछि सामान्तवाद बच्न सकेको हो। अहिले कम्युनिष्टहरूले पूँजीवादमा पार्टी सञ्चालन गरिरहेका छन्, बीपीले जीवनभर सामान्तवादका विरुद्ध लड्नुभयो र पूँजीवादविरुद्ध डण्डा चलाउनुभयो,’ उनले भने, ‘पूँजीवादले असमानता ल्याउँछ, लोकतान्त्रिक समाजवादमा मात्र समानता मिल्न सक्छ, जुन कुरामा भारतभन्दा नेपाल एक कदम अघि रहेको छ।’

जातिविहीन समाज समाजवादमा मात्र सम्भव हुने भन्दै उनले यसको उदाहरण प्रदीप गिरिको आश्रममा देखेको बताए। गिरिको घरमा भान्से दलित समुदायको व्यक्ति रहेका थिए। उनले राजनीतिमा द्रुत एक्सन र धैर्य दुवै बीपीमा रहेको बताए। यो सत्रको सहजीकरण शङ्कर तिवारीले गरेका थिए।

महामन्त्री गगन थापाले सहजीकरण गर्नुभएको दोस्रो सत्रमा ‘बीपीले नपाएका १५ वर्ष’ शीर्षकमा हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले आ–आफ्नो धारणा राखे।

‘बीपीले गुमाएको १५ वर्ष नेपालीले नै गुमाएको १५ वर्ष हो । बीपीले यी १५ वर्ष काम गर्न पाएको भए के हुन्थ्यो ? नेपाली राजनीति र समाजको अवस्था कस्तो हुन्थ्यो? यी प्रश्नसहित महामन्त्री थापाले कार्यक्रम सुरु गरे।

जवाफका क्रममा हरि शर्माले भने, ‘बीपी तुरुन्तै आफ्ना कार्यक्रम लागू गर्न सक्ने र हुटहुटी भएको व्यक्ति हुनुहुन्थ्यो । बीपीले १५ वर्ष पाएको भए भन्नेचाहिँ कल्पनाका कुरा हुन्, बीपीको जस्तो हुटहुटी अहिलेका नेतामा देखिएको छैन।’

अर्का वक्ता अच्युत वाग्लेलाई प्रश्न गर्दै महामन्त्री थापाले सोध्नुभयो, ‘आर्थिक कार्यक्रमको आलोकबाट हेर्दा बीपीका कार्यक्रमलाई कसरी हेर्ने?’ वाग्लेले भने, ‘म २०१७ असार १३ गतेको पत्रकार सम्मेलनलाई सम्झिन्छु । त्यसमा दोस्रो पञ्चवर्षीय योजनाको परिकल्पनाबारे जानकारी दिइएको थियो । साथै योजनाबद्ध विकास आवश्यक रहेको औँल्याइएको थियो।’

अर्का वक्ता विपिन अधिकारीलाई महामन्त्री थापाले सोधे, ‘२०१७ सालमा ‘कुु’ नभएको भए देशमा विधिको शासनको अवस्था कहाँ पुगेको हुन्थ्यो र?’ अधिकारीले भने, ‘बीपीको नेतृत्व शैली राम्रो थियो । बीपीको जीवन पद्धति र समाजका लागि गरेको योगदानका दृष्टिले उहाँ पुनर्जागरणको प्रतीकका रूपमा हुनुहुन्थ्यो । तर मुलुकको ठूलो ऊर्जा लामो समयसम्म जेलमा बस्नुपर्‍यो।’ बीपीले १५ वर्ष काम गर्न पाएको भए सामाजिक न्याय, भूमि सुधार, आधारभूत शिक्षालगायतमा उपलब्धिमूलक कार्य हुने र त्यसले जनतालाई भविष्य दिने अधिकारीले बताए।

अर्का वक्ता मञ्चला झाले बीपी सिद्धान्त र व्यवहारमा एक भएको नेताका रूपमा सम्झिइन्। ‘उनले १८ महिना मात्रै सरकारको नेतृत्व लिँदा पनि धेरै काम गर्नुभएको थियो। त्यो बेलाको समयमा एक वर्षमा एक हजार छ सय वटा विद्यालय स्थापना गर्नु चानचुने कुरा थिएन,’ उनले भनिन्।

यसपछि तेस्रो सत्रमा ‘बीपीका आख्यानमा मधेस’, शीर्षकमा छलफल भयो । श्याम शाहको सहजीकरणमा भएको यस सत्रमा सनत रेग्मी, नयनराज पाण्डे र सञ्जीता वर्माले धारणा राखे।

त्यस्तै पत्रकार वसन्त बस्नेतले सहजीकरण गरेको पाँचौँ सत्रमा  ‘युवा स्रष्टामा बीपी पठन’ शीर्षकमा आधारित रहेर बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा र सुविन भट्टराईले धारणा राखे।

नेपाली कांग्रेसले संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा हरेक वर्ष एक दिन मात्रै विभिन्न कार्यक्रम गरेर मनाउने गरेकामा एक सय १०औँ जन्मजयन्तीका अवसरमा यस वर्ष पार्टी केन्द्रीय कार्यालयमा तीनदिने साहित्य महोत्सव गरेर बीपीका बहुआयामिक व्यक्तित्वमाथि छलफल र बहस चलाएको हो।

प्रकाशित: २०८० भदौ २५ गते सोमबार ०९:१७
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना