काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको अप्रत्यासित निधन भएपछि एमालेको आकस्मिक सचिवालय बैठक बस्न लागेको हो।
सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।
गए राती १ः३० बजे नेता नेम्बाङको हृदयाघातका कारण निधन भएको थियो। उनको पार्थीव शरीरलाई अहिले केही बेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि ल्याइँदै छ।


