काठमाडौं– संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले बताए।
नेम्वाङको अन्तिम संस्कार बुधबार गरिने भएकाले उक्त दिन सार्वजनिक दिने निर्णय गरिएको हो।
हृदयघातका कारण नेम्वाङको मंगलबार राति साढे १ बजे निधन भएको थियो।
उनी शौचालयमा बेहोस् अवस्थामा फेला परेका थिए। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याउँदा चिकित्सकले नेम्वाङलाई मृत घोषित गरेका थिए।
उनको अन्त्येष्टि राजकीय सम्मान साथ गरिने किराँतीले बताए।


