काठमाडौँ- एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन्।
उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल. पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत एमाले पार्टी कार्यालय च्यासल पुगेका छन्।
नेम्वाङलाई श्रद्धाञ्जलि दिन च्यासल पुगेकी विद्याले आँशु थाम्न सकिनन्। ओली छेउको सोफामा बसेकी विद्याले पटकपटक रुमालले आँशु पुछिरहिन्। सम्हालिन गाह्रो भएपछि उनलाई आराम गर्न पठाइयो।
मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि च्यासलमा राखिने नेम्वाङको पार्थिव शरीर बुधबार अन्त्येष्टि गर्ने तय भएको छ।
तस्बिरहरू


विद्यादेवी भण्डारी।












