काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट ९६० ग्राम सुन प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार दिउँसो सुन बरामद गरेको हो।
परिसर प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार सुन तस्करीमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्।
हिमालयन एयरलाइन्सबाट आएका एक यात्रुबाट प्रहरीले सुन बरामद गरेको थियो। अनुसन्धानपछि मंगलबार थप दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अन्य केही व्यक्तिसमेत संलग्न भएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ।


