२०८३ कार्तिक १२ गते बुधबार

रियलमीको डिस्ट्रिब्युटर मीट–२०२३ सकियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २६
pic (3)

काठमाडौँ– सर्वाधिक विश्वससनीय स्मार्ट फोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मीट–२०२३ सम्पन्न गरेको छ । गत शनिबार भाद्र २३ गते काठमाडौँको नक्सालस्थित मेरियट होटलमा आयोजना गरिएको उक्त डिस्ट्रिब्युटर मीटमा नेपालभरका ४० भन्दा बढी डिलरहरु सहभागी भएका थिए ।

आफ्ना डिस्ट्रिब्युटरहरुसँगको समबन्ध अझ प्रगाढ पार्ने उद्धेश्यले यस डिस्ट्रिब्युटर मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै डिस्ट्रिब्युटरहरुसँग पारदर्शी सन्चार कायम राख्न तथा उनीहरुले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरुका समाधान खोज्न पनि यस डिस्ट्रिब्युटर मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

डिस्ट्रिब्युटर मीटलाई सम्बोधन गर्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘यस डिस्ट्रिब्युटर मीटमा उपस्थित रहेका समस्त डिस्ट्रिब्युटरहरु प्रति हामी आभारी छौँ । हामी आपसमा सहकार्य, समन्वय गर्दै, एक आपसबाट सिक्दै–सिकाउँंदै र एक अर्कालाई हौसला दिँदै आजको दिनसम्म आइपुगेका छौँ । डिस्ट्रिब्युटरहरु नै हाम्रो ब्रान्डको मेरुदण्ड हुन् र हामी र हाम्रो ग्राहकलाई जोड्ने पुल पनि हुन् । डिस्ट्रिब्युटरहरुको लगातार मेहेनत र लगनशीलता नै हाम्रो सफलताको कडी हो । हामीलाई विश्वास छ कि हामी यसै गरि समन्वया गर्दै नेपाली प्रविधिमा नयाँ आयाम थप्ने छौँ र अझै प्रतिबद्ध भएर अगाडि बढनेछौँ ।’

उक्त कार्यक्रममा नेपालभरका डिस्ट्रिब्युटरहरुलाई उनीहरुको अटल सहयोगको कदरस्वरूप प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल र पशुपति ट्रेड लिंकका कर्मचारीहरुको पनि उपस्थति रहेको थियो ।

प्रकाशित: २०८० भदौ २६ गते मङ्गलबार ०४:०८
प्रतिक्रिया

थप समाचार

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना