२०८३ साउन १३ गते बुधबार

सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउँदै सीआईबी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २७
100kggold (3)
फाइल तस्बिर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत ३ साउनमा त्रिभुवन विमानस्थलस्थित भन्सारबाट बाहिरिएपछि बरामद ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै छ। सीआईबीले सुन तस्करी प्रकरणबारेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो।

‘हिजो बुझाउने भनिएको सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन समयाभावका कारण सकिएन। आज बुझाउने तयारी छ’, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले भने। सुन प्रकरणमा हालसम्म ३१ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये सुन तस्करीका मुख्य नाइके बेल्जियम नागरिक दावा छिरिङ रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

दाबासँग सम्बन्ध जोडिएको भनी ब्युरोले बयान लिइएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रतिवादी बनाउने–नबनाउनेबारे प्रहरीले स्पष्ट बताएको छैन। उनीसँग ब्युरोले चार घन्टा लामो बयान लिएको थियो।
‘कतिपय थुनामा छन्, कतिलाई कागज गरेर छोडिएको छ, कागज गरेर छोडिएका व्यक्ति सबै प्रतिवादी नहुन सक्छन्,’ कडायतले भने। सुनकाण्डमा अध्यागमन विभागमा तत्कालीन अवस्थामा कार्यरत सहसचिव झलकराम अधिकारी पनि जोडिएका थिए।

राजस्व अनुसन्धान विभागले ३ साउन राती ब्रेक सुमा लुकाएर ल्याइएको सुन बरामद गरेको थियो। भन्सारबाट जाँचपास भइसकेर सिनामंगल आइपुगेको ब्रेक सुभित्र विभागको टोलीले सुन फेला पारेको थियो।
बरामद गर्दाताका विभागले एक क्विन्टल सुन अनुमान गरे पनि गालेर तौलिँदा ६० किलो ७१६ ग्राम मात्रै फेला परेको थियो।

सुन तस्करी प्रकरणमा माओवादीका नेताहरूको भूमिका शंकास्पद रहेको आरोप लागिरहेको थियो। तर, यसबारे प्रहरीले अनुसन्धान अघि बढाएन। पुन र महरालाई दावाका व्यापारिक साझेदार तथा सम्पर्कमा रहेको भन्दै प्रहरीले अनुसन्धानमा तान्यो। तर, सबै कारोबार सम्हालेकी दावा पत्नी अमला रोकालाई भने पक्राउ गरिएको छैन।

सुन प्रकरणको केन्द्र मानिएको ठमेलको भियना होटलकी सञ्चालिक अमला हुन्। उनले माओवादी उपमहासचिव वर्षमान पुनका भाइ प्रनेश पुन मगरको लगानीमा सुन उत्खनन तथा प्रशोधन गर्ने कम्पनी रहेको फेला परेको थियो। खानी तथा भूगर्भ विभागबाट लाइसेन्स लिएको भियना मल्टी प्रपोज ग्रुपमा दावा पत्नीको २ लाख २५ हजार कित्ता सेयर रहेको छ। प्रनेशको ३० लाख बराबरको ३० हजार कित्ता सेयर छ।

इलेक्ट्रोनिक्स सिगरेट (भेप)मा लुकाएर ल्याइएको ९ किलो सुनको भने अलग्गै अनुसन्धान भइरहेको छ। त्यसमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन्। ‘९ किलो सुनको अनुसन्धान सकिएको छैन, आज प्रतिवेदन बुझाउने भनेको ६० किलो सुनको मात्रै हो,’ कडायतले भने।

९ किलो सुनमा महरा बाबु–छोराकै सम्पर्क देखिएको थियो। संगठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ। ३१ भदौमा ६० दिन पुग्ने भएकाले त्यतिबेलासम्म अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुँदा सीआईबीले छानबिन अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो।

प्रकाशित: २०८० भदौ २७ गते बुधबार ०८:१७
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना