२०८३ कार्तिक १४ गते शुक्रबार

सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउँदै सीआईबी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २७
100kggold (3)
फाइल तस्बिर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत ३ साउनमा त्रिभुवन विमानस्थलस्थित भन्सारबाट बाहिरिएपछि बरामद ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै छ। सीआईबीले सुन तस्करी प्रकरणबारेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो।

‘हिजो बुझाउने भनिएको सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन समयाभावका कारण सकिएन। आज बुझाउने तयारी छ’, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले भने। सुन प्रकरणमा हालसम्म ३१ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये सुन तस्करीका मुख्य नाइके बेल्जियम नागरिक दावा छिरिङ रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

दाबासँग सम्बन्ध जोडिएको भनी ब्युरोले बयान लिइएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रतिवादी बनाउने–नबनाउनेबारे प्रहरीले स्पष्ट बताएको छैन। उनीसँग ब्युरोले चार घन्टा लामो बयान लिएको थियो।
‘कतिपय थुनामा छन्, कतिलाई कागज गरेर छोडिएको छ, कागज गरेर छोडिएका व्यक्ति सबै प्रतिवादी नहुन सक्छन्,’ कडायतले भने। सुनकाण्डमा अध्यागमन विभागमा तत्कालीन अवस्थामा कार्यरत सहसचिव झलकराम अधिकारी पनि जोडिएका थिए।

राजस्व अनुसन्धान विभागले ३ साउन राती ब्रेक सुमा लुकाएर ल्याइएको सुन बरामद गरेको थियो। भन्सारबाट जाँचपास भइसकेर सिनामंगल आइपुगेको ब्रेक सुभित्र विभागको टोलीले सुन फेला पारेको थियो।
बरामद गर्दाताका विभागले एक क्विन्टल सुन अनुमान गरे पनि गालेर तौलिँदा ६० किलो ७१६ ग्राम मात्रै फेला परेको थियो।

सुन तस्करी प्रकरणमा माओवादीका नेताहरूको भूमिका शंकास्पद रहेको आरोप लागिरहेको थियो। तर, यसबारे प्रहरीले अनुसन्धान अघि बढाएन। पुन र महरालाई दावाका व्यापारिक साझेदार तथा सम्पर्कमा रहेको भन्दै प्रहरीले अनुसन्धानमा तान्यो। तर, सबै कारोबार सम्हालेकी दावा पत्नी अमला रोकालाई भने पक्राउ गरिएको छैन।

सुन प्रकरणको केन्द्र मानिएको ठमेलको भियना होटलकी सञ्चालिक अमला हुन्। उनले माओवादी उपमहासचिव वर्षमान पुनका भाइ प्रनेश पुन मगरको लगानीमा सुन उत्खनन तथा प्रशोधन गर्ने कम्पनी रहेको फेला परेको थियो। खानी तथा भूगर्भ विभागबाट लाइसेन्स लिएको भियना मल्टी प्रपोज ग्रुपमा दावा पत्नीको २ लाख २५ हजार कित्ता सेयर रहेको छ। प्रनेशको ३० लाख बराबरको ३० हजार कित्ता सेयर छ।

इलेक्ट्रोनिक्स सिगरेट (भेप)मा लुकाएर ल्याइएको ९ किलो सुनको भने अलग्गै अनुसन्धान भइरहेको छ। त्यसमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन्। ‘९ किलो सुनको अनुसन्धान सकिएको छैन, आज प्रतिवेदन बुझाउने भनेको ६० किलो सुनको मात्रै हो,’ कडायतले भने।

९ किलो सुनमा महरा बाबु–छोराकै सम्पर्क देखिएको थियो। संगठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ। ३१ भदौमा ६० दिन पुग्ने भएकाले त्यतिबेलासम्म अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुँदा सीआईबीले छानबिन अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो।

प्रकाशित: २०८० भदौ २७ गते बुधबार ०८:१७
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना