काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गतेको लागि सरेको छ।
बुधबार पार्टी कार्यलयले विज्ञप्ति सार्वजनिक गर्दै असोज २ गते बस्ने भनिएको उक्त बैठक असोज ४ गते दिउँसो १ः०० बजे बस्ने गरी सारेको जानकारी दिएको हो।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० असोज ४ गते दिउँसो १ः०० बजे बस्ने भएको छ,’ विज्ञप्तिमा लेखिएको छ।



