काठमाडौँ- संविधान सभाका अध्यक्षसमेत रहेका नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको शव अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।
बालुवाटारस्थित घरबाट नेम्वाङको पार्थिव शरीरलाई आर्यघाटतर्फ लगिएको हो।
भदौ २६ गते नेम्वाङको निधन भएको थियो। नेम्वाङको निधनमा सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ।
राजकीय सम्मानसाथ नेम्वाङको अन्त्येष्टि गरिनेछ।












