काठमाडौं– संसद् सचिवालयले संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने कार्यसूची तय गरेको छ। बैठक संसद् भवनमा दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको हो।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने तथा प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेकोबारे जानकारी गराउने कार्यसूची छ। सांसद सुवास नेम्वाङको निधनपछि एक सदस्य रिक्त रहेको जानकारी उनले बैठकमा गराउनेछन्।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।


