महोत्तरी- प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मटिहानी नगरपालिका-८ बस्ने ४० वर्षीय नवीन साह छन्। उनलाई बिहीबार दिउँसो मटिहानी नगरपलिका-८ दसगजाबाट स्रोत नखुलेको १३ लाख ७० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट संयुक्त रूपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज१० प ३५४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई रकमसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


