स्याङ्जा- स्याङ्जामा ग्यास लिक भएर आगलागी हुँदा ९० वर्षीया वृद्धाको मृत्यु भएको छ।
पुतलीबजार नगरपालिका-१३ लामपाटाकी केमकुमारी कोइरालाको बिहीबार साँझ मृत्यु भएको हो।
प्रहरीका अनुसार खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा उनी गम्भीर घाइते भएकी थिइन्।
जिल्ला अस्पताल स्याङ्जा हुँदै मणिपाल शिक्षण अस्पताल पोखरामा थप उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


