२०८३ साउन १३ गते बुधबार

तीजका दिन बिहान ३ बजे नै पशुपतिका चार ढोका खुल्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २९
pashupati

काठमाडौं- यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषले आज पत्रकार सम्मेलन आयोजना गरी मन्दिर प्रवेश गर्ने भक्तजनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो।

हिन्दूहरुको महान् पर्व हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शनार्थ पुग्ने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुको सेवा सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्थालगायतका व्यवस्था गरिएको कोषले जनाएको छ।

‘कोषले दर्शन मार्गको व्यवस्था एवं सुधार, जुत्ता चप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासना सहितको मनोरञ्जनात्मक गीतसंगीत, दीपावली, व्रतालुहरुले गौदान गर्ने स्थानको व्यवस्था जस्ता कार्यक्रमलाई सहज रुपमा सम्पादन गर्न पशुपति क्षेत्र विकास कोषले विभिन्न व्यवस्था गर्दै तयारीको अन्तिम चरणमा आइपुगेको व्यहोरा जानकारी गराउँदछौं,’ कोषले भनेको छ।

पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका लागि चार स्थानबाट दर्शनमार्गको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाईएको र सोही अनुसार जुत्ता चप्पल राख्ने व्यवस्था पनि मिलाइएको कोषले जानकारी दिएको छ।

गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, वासुकी हुँदै उत्तरढोकाबाट मन्दि प्रवेश गर्नेगरी एउटा लाइनको व्यवस्था गरिएको छ। त्यस्तै मित्रपार्क, जयवागेश्वरी, भुवनेश्वरी, शंकराचार्यमठ दक्षिण हुँदै फलामे पुल– पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने अर्को लाईन तथा गौशाला, पिङ्गलास्थानवाट वनकाली, चारशिवालय, पञ्चदेवलपूर्व, वज्रघर, दक्षिणढोकासम्मको लाईनलाई चौसट्ठीबाट मन्दिर प्रवेश गर्ने गरी व्यवस्थापन गरिएको कोषले जनाएको छ।

त्यस्तै तिलगंगा राममन्दिर हुँदै आर्यघाट पारीपट्टी भएर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी दर्शन गर्न अर्को लाईनको व्यवस्था गरिएको बताइएको छ।

त्यस्तै दर्शननार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ः०० देखि नै पशुपतिनाथ मन्दिरका चारैढोका खोल्ने व्यवस्था मिलाइएको र श्रीयन्त्र पूजा र महाभोगको बेलामा मात्र केही समय मन्दीर बन्द रहने त्यस बाहेकको समय मन्दिर खुल्ला रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

कोषले बहुमुल्य गरगहना लगाएर मन्दीर अनाउन आग्रह गरेको छ।

‘हरितालिका पर्वलाई व्यवस्थित गरी दर्शनार्थीलाई आवश्यक सेवा सुविधा पु¥याउन धार्मिक सामाजिक संस्थाहरुलाई समन्वय गरी मन्दिर प्राङ्गणभित्र आवश्यकता अनुसार संस्कृति संरक्षण महाशाखाले महिला स्वयंसेवकहरु मात्र परिचालन गर्नेगरी मिलाउनेछ, पुरुष स्वयंसेवकहरुलाई मन्दिर प्राङ्गण भित्र पूर्ण रुपमा निषेध गरिनेछ।’ कोषले भनेको छ ‘ तर कोषका कर्मचारी, भण्डारी, रकमी र महिला सुरक्षाकर्मी भने परिचालन गरिनेछ। कोर क्षेत्र र सो भन्दा बाहिरी क्षेत्रमा भने आवश्यकता अनुसार स्वयंसेवी संस्था तथा स्वयंसेवकहरु परिचालन गरिनेछ।’

सहज दर्शन र मन्दीर र ट्राफिक व्यवस्थापन र पार्किङको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख रेवति रमण अधिकारीले जानकारी दिए। परिषद् सदस्य भरत प्रसाद बडालले, धर्म गर्न आउनेले अरुलाई छल्ने भन्दा पनि अरुलाई सहयोग गर्ने भावनाका साथ प्रस्तुत हुनु पर्ने भन्दै एक अर्कालाई सहयोग गर्न आग्रह गरे।

प्रकाशित: २०८० भदौ २९ गते शुक्रबार ०५:३७
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना