काठमाडौं– पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत प्रस्थान गर्दैछन्। नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई भारत जान लागेका हुन्।
भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने उनको सचिवालयले जानकारी दिएको छ।
उनको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चण्डीगढमा केन्द्रीत हुनेछ। उनी असोज ५ गते स्वदेश फर्कनेछन्।
प्रधानमन्त्री पुष्पकलम दाहाल अमेरिका र चीन भ्रमणमा निस्कने दिनमा नै पूर्वप्रधानमन्त्री डा भट्टराई भारत भ्रमणमा जाने तय भएको हो।


