२०८३ कार्तिक १४ गते शुक्रबार

प्रचण्डको भ्रमणले नेपाल-चीन सम्बन्धमा नयाँ आयाम थप्छ : माओवादी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३०
agni_sapkota

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो पार्टीले, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको हो।

पार्टी प्रवक्ता अग्नि सापकोटाले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयम थपिने विश्वास व्यक्ति गरेका हुन्। त्यस्तै उनले नेपालको शान्ति प्रक्रिया पुरा भएको घोषणा गर्न पनि राष्ट्रिय वातावरण बनिनसकेको स्वीकार गरे।

‘प्रधानमन्त्री संयुक्त राष्ट्र संघको सभामा भाग लिन जादैँ हुनुहुन्छ। शान्ति प्रक्रिया पुरा भएको घोषणा गर्नको लागि राष्ट्रिय अवस्था राम्रो हुनुपर्छ र त्यसमा अन्तराष्ट्रिय समुहको पनि धेरै महत्वपूर्ण भूमिका हुन्छ त्यसकारण उहाँले विश्व समुदायलाई अपिल गर्नुहुन्छ।’ उनले भने ‘अर्को कुरा जलवायु परिवर्तनको असर र प्रभावको बारेमा, त्यस्तै अल्प विकसित राष्ट्रहरुको अध्यक्ष अहिले नेपाल छ। त्यस कारण पनि उहाँले अध्यक्षको हैसियतले विकास र समृद्धिको विषयमा ध्यानाकर्षण गर्ने गरी बैठकलाई सम्बोधन गर्नुहुन्छ।’ चीन भ्रमणको समयमा नेपालको समग्र हितबारे कुरा हुने उनको दाबी छ।

‘चीनमा अरनिको राजमार्ग स्तरोन्नती, चीनसँग पनि भौतिक पूर्वाधारको विषय, ट्रान्समिसन, नयाँ नाकाको कुरा, कृषिमा आधारित उद्योग, व्यापार घाटा कम गर्न देशका उत्पादित्त वस्तु निर्यात गर्ने विषयमा कुरा हुन्छ,’ उनले भने। उनले पार्टी भित्रका अन्र्तद्वन्द्व पनि क्रमश साम्य हुँदै गएको र पार्टी रुपान्तरणको चरणमा प्रवेश गरेको जिकिर गरे।

‘अहिले हामी आत्मशुद्धि, आत्मसुधार, आत्मा नविकरण र आत्मा अभिवृद्धिको चरणबाट अगाडि बढ्दै छौँ। यो आफैँलाई रुपान्तरण गर्ने विषय हो। जनतासँग माओवादी विशेष रुपान्तरण अभियान भनेपछि यसमा सबैभन्दा पहिला आफैँलाई परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘यो अभियानले मुख्य कुरा पार्टीभित्र भएको अन्तरविरोध, मुक्तिमोर्चाभित्र देखिएका अन्तर विरोधहरु क्रमश हल हुदैँ गएका छन्। यो हाम्रा लागि राम्रो पक्ष हो।’ उनले रुपान्तरण अभियान आफ्ना नीति तथा कार्यक्रम तल्लो तहसम्म पुर्‍याउने माध्यमका रुपमा सफल भइरहेको बताए।

प्रकाशित: २०८० भदौ ३० गते शनिवार ०४:२१
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना