२०८३ कार्तिक ११ गते मङ्गलबार

दुर्गममा केन्द्रित नेपाल टेलिकम, कहाँ-कहाँ पुग्यो मोबाइल सेवा?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३१
byas-solar-_Tower_NTC
दार्चुलाको विकट व्यास गाउँपालिका–१ छाङरुमा टेलिकम टावर सञ्चालनका लागि हेलिकोप्टरबाट सामग्री ढुवानी गरिँदै।

काठमाडौँ– दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले पछिल्लो समय विकट र दुर्गम क्षेत्रलाई केन्द्रित गरेर सेवा विस्तार गर्दै आइरहेको छ। सबै नागरिकलाई सञ्चार सुविधामा पहुँच स्थापित गर्न टेलिकमले सेवा प्रवाहलाई हिमालपारिदेखि दुर्गम र विकटमा सेवालाई विस्तारलाई जोड दिन थालेको हो।

अहिले टेलिकमले टुजी, थ्रीजीसँगै फोरजी सेवा देशभर पुर्‍याइसकेको छ। पछिल्लो समय टेलिकमको फोरजी सेवा सेवा विस्तार तथा गुणस्तर सुधारमा पनि विभिन्न समयमा काम भइरहेका छन्। ग्राहक तथा उपभोक्तालाई गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराउन टेलिकमले भइरहेको सेवालाई थप मजबुद बनाउने, मर्मतसम्भार गर्ने, सेवाको पहुँच र गुणस्तरीय बनाउने काम एकसाथ गरिरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन्।

पछिल्लो एक दशकको अवधिमा टेलिकमका कुनै सुविधा नपुगेका देशका कुनाकन्दरामा फोरजी सेवा पुगिसकेको छ। टेलिकमले हिमाल पारीको जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङमा ६ वर्षअघि नै जीएसएम सेवा पुर्‍याइसकेको छ। मुस्ताङको अतिविकट मानिएको स्याङबोचे भ्यू प्वाइटमा जीएसएम सेवा सञ्चालनमा आएपछि त्यसक्षेत्रका छुसाङ, समर, घमी, सुरखाङ र माथिल्लो मुस्ताङलगायतका ग्राहकहरु प्रत्यक्ष लाभान्वित भइरहेका छन्। त्यसक्षेत्रमा टेलिकमले सेवा थप गर्दै फोरजी सेवासमेत चाँडै लन्च गर्ने तयारीमा छ।

दोलखाको डाँडाखर्कमा जीएसएम मोबाइल सेवा वि.सं २०७४ सालमै पुर्‍याइसकेको थियो। पछिल्लो पटक गत २०८० साउन पहिलो साता टेलिकमले आफ्नो सेवा संखुवासभाको भोटखोला गाउँपालिका १, किमांथाकामा जीएसमएम(टुजी) मोबाइल सेवा पुर्‍याएको छ। उक्त क्षेत्र संखुवासभाको दुर्गम उत्तरी क्षेत्र पर्दछ। त्यस्तै, सो क्षेत्रका फ्याक्सिन्दा, इम्चुङ, मावादिन, मानेभन्ज्याङलगायतका क्षेत्रमा पनि टेलिकमले ४ वर्षअघि नै जीएसएम र थ्रीजी मोबाइल सेवा विस्तार गरिसकेको छ। त्यसक्षेत्रमा छिट्टै नै फोरजी सेवा विस्तार गर्ने टेलिकमको योजना छ।

ताप्लेजुङ लेलेपको लोवाडाँडामा निर्माण गरिएको फोरजी प्रविधि जडान गरिएको टेलिकमको टावर।

ताप्लेजुङको दुर्गम फक्ताङलुङ गाउँपालिका ६ लेवाडाँडामा टेलिकमको फोरजी सेवा हालै विस्तार भएको छ। टेलिकमको बिटीएस टावरमार्फत जिल्लाको माथिल्लो क्षेत्रमा फोरजी सेवा यसै महिना पुगेको हो। त्यस्तै, भदौ महिनामा नै गोसाइकुण्ड पुग्ने भक्तजनकको सुविधालाई मध्यनजर गर्दै टेलिकमले भिस्याट प्रविधिबाट जीएसएम(टुजी) मोबाइल सेवा पनि विस्तार गरिसकेको छ।

गत आव २०७९/०८० मा टेलिमले सोलुखुम्बुका अतिविकट ८ स्थानमा जीएसएम(टुजी) र फोरजी सेवा पुर्‍याएको थियो। जिल्लाको खुम्बु पासाङ गाउँपालिका वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजपिङ, चौरीखर्क, स्याङमा, नाम्चे र काङदे, जोसल्लोलगायतका क्षेत्रमा सेवा पुर्‍याएको हो। व्यावसायिक रुपमा प्रतिफल नदिने र बढी लगानी हुने ती क्षेत्रमा टेलिकमले आफ्नो नेटवर्क विस्तार गरिसकेको हो।

झन्डै ४ वर्षअघि टेलिकमले ताप्लेजुङको विकटक्षेत्र घुन्सामा पनि सेवा उपलब्ध गराइएको छ। टेलिकमले त्यसबेला आफ्नो ३ हजार ८२५ मिटर उचाइको बिटीएस टावर निर्माण गरी टावरमार्फत घुन्सा, थामे, ज्याल्पा र कञ्जनजंघा बेसक्याम्प आदि क्षेत्रमा सेवा दिइसकेको टेलिकमले जनाएको छ। त्यति बेला नै टेलिकमले डोल्पाको मुकोट र शे फोक्सुन्डोमा समेत सेवा पुर्‍याइसकेको छ। त्यसक्षेत्रमा पर्ने अति विकट छार्का तान्सुङ गाउँपालिकाका दुई वडा र काइके गाउँपालिकाका दुई वडा तान्छिन र खानीगाउँमा समेत टेलिकमले आफ्नो सेवा पुर्‍याइसकेको छ।

गत आवमा टेलिकमले बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ६, ७ र ८ क्षेत्रमा पनि फोरजी सेवा विस्तार गरेको छ। जैमिनी नगरपालिका ७ जैदी पाहाकोटमा बिटीएस टावरको क्षमता अभिवृद्धि गर्दै टेलिकमले अर्जेवा, जैदी, छिस्तीलगायतका क्षेत्रमा फोरजी सेवा पुर्‍याएको हो। ती क्षेत्रहरु पनि जिल्लाको भौगोलिक हिसावले टाढा र विकट क्षेत्र मानिन्छन्।

गोसाइँकुण्डमा नेपाल टेलिकमको टावर।

गत वर्ष नै जिल्लाको तमान गाउँपालिका ४ लाममेलामा समेत टेलिकमले थ्रीजी मोबाइल सेवा पुर्‍याइसकेको छ। बीटीएस टावरबाट अप्टिकल फाइबरमार्फत नेटवर्क पुर्‍याइ लाममेलामा सेवा विस्तार गरिएको हो। करिब २ वर्ष पहिले नै बागलुङ, रुकुम र रोल्पा तीन जिल्लाको संगमस्थल रहेको तिलाचनधुरीमा समेत टेलिकमले आफ्नो सेवा पुर्‍याइसकेको छ। पातीहाल्ने नामले परिचित उक्त क्षेत्रमा टेलिकमले टुजी र फोरजी सेवा एकैसाथ सञ्चालनमा ल्याएको थियो।

‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि ठाउँ छैन’ भनेर चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा समेत टेलिकमले आफ्नो सेवा पुर्‍याइसकेको छ। २ वर्षअघि टेलिकमले पुरानो भिस्याट प्रविधिलाई विस्थापित गर्दै रेडियो लिङ्कमार्फत थ्रीजी सेवा पुर्‍याएको हो। सदरमुकामबाट २६ कोष टाढा पर्ने उक्त गाउँ भौगोलिक रुपमा अतिविकट छ।

माथि उल्लेखितबाहेक टेलिकमले देशका ७७ वटै जिल्लाका भौगोलिक रुपले विकट र दुर्गम क्षेत्रमा आफ्नो सेवालाई विगतदेखि नै विस्तार गर्दै आइरहेको छ। र, अहिले पनि सेवा विस्तारलाई निरन्तरता दिँदै आएको टेलिकमले जनाएको छ।

टेलिकमले हिमाल र पहाडसँगै तराईका जिल्ला र मूख्य राजमार्ग क्षेत्रमा पनि आफ्नो नेटवर्क विस्तार गर्दै गइरहेको छ। खासगरी, थ्रीजी र फोरजी सेवा देशभर पुर्‍याउने टेलिकमको योजना छ। जसअन्तर्गत गत वर्ष टेलिकमले कर्णाली प्रदेशको हुम्लाको सिमिकोटमा फोरजी सेवा विस्तार गरिसकेको छ। जिल्लाको दुर्गम मानिएको सिमकोट गाउँपालिका वडा नम्बर ७ अर्खनगाउँमा पनि टेलिकमले पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्यायो।

दार्चुलाको अपिहिमालमा टेलिकम टावर

टेलिकमले चौथो पुस्ताको फोरजी सेवालाई दुर्गम कर्णाली र सदुरपश्चिमका जिल्लासहित देशभर नै विस्तार गर्ने गरी विभिन्न ठाउँमा बिटीएस टावर निर्माणलगायतका काम गरिरहेको छ।

यस वर्ष टेलिकमले अप्टिकल फाइबरको नेटवर्क विस्तार गर्ने, माइक्रो एपको रेडियोलिंकलाई अपग्रेड गर्ने, क्षमता बढाउने, अप्टिकल कै लिंकहरुलाई पनि क्षमता वृद्धि गर्नेलगायतका योजना बनाएको प्रवक्ता अधिकारी बताउँछन्। ‘राष्ट्रिय राजमार्गका कतिपय ठाउँमा नेटवर्कको समस्या छ। त्यस्ता ठाउँमा हुने नेटवर्क समस्यालाई समाधान गर्ने कार्ययोजना बनाएको टेलिकमको छ,’ उनले भने, ‘अब हामीले सेवा विस्तार गर्दा नयाँ उपकरण गर्दा सेवा अपग्रेड गर्न सकिने उपकरणमा जोड दिने गरेका छौँ।’

अधिकारीका अनुसार फोरजी सेवा देशभर नै पुर्‍याउन सेवा विस्तार गर्ने र समस्या आएका ठाउँमा थप बीटीएस थप गर्दै दुर्गमसम्म नै गुणस्तरीय बनाउने योजनामा टेलिकम छ। ‘यसवर्ष पनि हामीले टेलिकमको सेवालाई दुर्गमसम्म पुर्‍याउन गर्नुपर्ने सबै कामहरु अघि बढाएका छौं। अप्टिकल फाइबर र माइक्रो एपको रेडियो लिंक विस्तार गर्ने देखि क्षमता वृद्धि गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘अर्कोतर्फ, फोरजी सेवा देशभर नै ९९ प्रतिशत काम सकिइसकेको छ। हामीले समस्या आएका ठाउँमा बीटीएस थपेर देशका बिकट र कुनाकाप्चा सेवा पुर्‍याउने हाम्रो योजना छ।’

प्रकाशित: २०८० भदौ ३१ गते आईतबार ०८:३९
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना