२०८३ कार्तिक १४ गते शुक्रबार

बीपीको ‘जेल डायरी’ विमोचनमा गगन थापाले भने- नेतामा नैतिक शक्ति हुनुपर्छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३०
gagan thapa
फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन्। विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२–१९६८) को लोकार्पण कार्यक्रममा उनले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशङ्कासमेत व्यक्त गरे।

‘बीपी भन्नुहुन्छ नेताहरूको नैतिक संरचना आम जनताको संरचनाभन्दा माथि हुनैपर्छ, अर्थात् बीपी नैतिक सत्ताको कुरा गर्नुहुन्छ, यो आलोकबाट हेर्यो भने आज हामीसँग प्रधानमन्त्री, अध्यक्ष र सभापति हुनुहुन्छ”, महामन्त्री थापाले भने, ‘बीपीले हामीलाई ‘च्यालेन्ज’ गर्न के कुरामा सिकाउनुहुन्छ भने सभापतिसँग पार्टीशक्ति छ, प्रधानमन्त्रीसँग राज्यशक्ति छ तर नैतिक शक्ति हामीसँग हुनुपर्छ।’

पुस्तकको समीक्षा गर्दै पुस्तक पूरा पढेर मात्र टिप्पणी गर्नसमेत आग्रह गरे। ‘मलाई सबैभन्दा घातक लागेको कुरा, परिस्थितिजन्य र मनस्थितिजन्य टिप्पणीलाई हामी आफ्नो अनुकूलताअनुसार दृष्टिकोण हो भनेर भन्दिने !”, उनले भने, ‘यदि यसलाई राम्रोसँग नपढेर, साङ्गोपाङ्गो पढेर योसँग भएका अरु सन्दर्भ सामग्री नपढीकन यसबाट छोटो कुनै टिप्पणीका आधारमा, उद्धरणका आधारमा हामीले बीपी यस्तो भन्नुहुन्थ्योे, उसो भन्नुहुन्थ्यो नभनौँ।’

उनले बीपीले उक्त डायरीमा समाजवादको विषयबारे महत्त्वपूर्ण तरिकाले उल्लेख गरेको बताए। ‘यो पुस्तक कांग्रेस भएर महामानव (बीपी)को डायरी पढ्दैछु भन्ने होइन, मान्छे भएर मान्छेको डायरी पढ्दै छु भन्यो भने चाहिँ यसबाट धेरै कुरा सिक्न सकिन्छ,’ उनले पाठकलाई सुझाव दिए।

कांग्रेसका महामन्त्री थापाले बीपीले अध्ययन गरेका वा उनले सिफारिस गरे पुस्तकसमेत सङ्कलन गर्नुपर्ने बताए।

लोर्कापण कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री राम कार्कीले पुस्तकको समीक्षा गर्दै बीपीद्वारा स्थापित राजनीतिक मानकलाई कसैले तोड्न नसकेको बताए। उनले भने, ‘बीपीले राजनीतिमा जुन मानक स्थापना गर्नुभएको छ, त्यसलाई तोड्न सकिएको छैन, जसरी साहित्यमा लक्ष्मीप्रसाद देवकोटालाई उछिन्न सकिएको छैन।’

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो युवापुस्तामा पठनशैली कमजोर भइरहेको भन्दै बीपीको डायरीमा उल्लेखित पुस्तक र लेखकबारे अध्ययन गर्न सुझाव दिए। उनले बीपीको अध्येताको व्यक्तित्वले आफू प्रभावित भएको समेत बताए।

‘यस पुस्तकमा बीपी धेरै आयाममा फैलिनुभएको देखिन्छ, हाँसिरहेको, उदास भइरहेको, आशाको उचाइ र निराशाको गहिराइमा पुगेको बीपीबारे बुझ्न सकिन्छ,’ उनले भने। समाजवादको सविस्तारदेखि बीपीका विभिन्न पाटोमा विरोधाषपूर्ण पाटो पुस्तकमा पढ्न सकिने एमाले उपमहासचिव ज्ञवालीले बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभागका प्रमुख मीन विश्वकर्माले आफू बीपीको लेखबाट प्रभावित भएर पार्टी प्रवेश गरेको स्मरण गर्दै यस पुस्तकमा बीपीले जेलमा आफ्नो दैनिकी, देशको राजनीतिक र उनी स्वयंको मनोविज्ञानको प्रसङ्ग समेटनुभएको बताए। यस्तै अर्का केन्द्रीय सदस्य प्रतिमा गौतमले बीपीका विभिन्न विधामा वैचारिक बहस गनुपर्नेमा जोड दिए।

प्रा डा कृष्ण खनालले बीपीको जेल डायरीमा जीवन्तता पाइने बताए। बीपीमाथिको भ्रमलाई यस पुस्तकले तोड्ने उनको भनाइ थियो।

प्रकाशित: २०८० भदौ ३० गते शनिवार ०८:२६
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना