२०८३ साउन १३ गते बुधबार

बीपीको ‘जेल डायरी’ विमोचनमा गगन थापाले भने- नेतामा नैतिक शक्ति हुनुपर्छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३०
gagan thapa
फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन्। विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२–१९६८) को लोकार्पण कार्यक्रममा उनले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशङ्कासमेत व्यक्त गरे।

‘बीपी भन्नुहुन्छ नेताहरूको नैतिक संरचना आम जनताको संरचनाभन्दा माथि हुनैपर्छ, अर्थात् बीपी नैतिक सत्ताको कुरा गर्नुहुन्छ, यो आलोकबाट हेर्यो भने आज हामीसँग प्रधानमन्त्री, अध्यक्ष र सभापति हुनुहुन्छ”, महामन्त्री थापाले भने, ‘बीपीले हामीलाई ‘च्यालेन्ज’ गर्न के कुरामा सिकाउनुहुन्छ भने सभापतिसँग पार्टीशक्ति छ, प्रधानमन्त्रीसँग राज्यशक्ति छ तर नैतिक शक्ति हामीसँग हुनुपर्छ।’

पुस्तकको समीक्षा गर्दै पुस्तक पूरा पढेर मात्र टिप्पणी गर्नसमेत आग्रह गरे। ‘मलाई सबैभन्दा घातक लागेको कुरा, परिस्थितिजन्य र मनस्थितिजन्य टिप्पणीलाई हामी आफ्नो अनुकूलताअनुसार दृष्टिकोण हो भनेर भन्दिने !”, उनले भने, ‘यदि यसलाई राम्रोसँग नपढेर, साङ्गोपाङ्गो पढेर योसँग भएका अरु सन्दर्भ सामग्री नपढीकन यसबाट छोटो कुनै टिप्पणीका आधारमा, उद्धरणका आधारमा हामीले बीपी यस्तो भन्नुहुन्थ्योे, उसो भन्नुहुन्थ्यो नभनौँ।’

उनले बीपीले उक्त डायरीमा समाजवादको विषयबारे महत्त्वपूर्ण तरिकाले उल्लेख गरेको बताए। ‘यो पुस्तक कांग्रेस भएर महामानव (बीपी)को डायरी पढ्दैछु भन्ने होइन, मान्छे भएर मान्छेको डायरी पढ्दै छु भन्यो भने चाहिँ यसबाट धेरै कुरा सिक्न सकिन्छ,’ उनले पाठकलाई सुझाव दिए।

कांग्रेसका महामन्त्री थापाले बीपीले अध्ययन गरेका वा उनले सिफारिस गरे पुस्तकसमेत सङ्कलन गर्नुपर्ने बताए।

लोर्कापण कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री राम कार्कीले पुस्तकको समीक्षा गर्दै बीपीद्वारा स्थापित राजनीतिक मानकलाई कसैले तोड्न नसकेको बताए। उनले भने, ‘बीपीले राजनीतिमा जुन मानक स्थापना गर्नुभएको छ, त्यसलाई तोड्न सकिएको छैन, जसरी साहित्यमा लक्ष्मीप्रसाद देवकोटालाई उछिन्न सकिएको छैन।’

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो युवापुस्तामा पठनशैली कमजोर भइरहेको भन्दै बीपीको डायरीमा उल्लेखित पुस्तक र लेखकबारे अध्ययन गर्न सुझाव दिए। उनले बीपीको अध्येताको व्यक्तित्वले आफू प्रभावित भएको समेत बताए।

‘यस पुस्तकमा बीपी धेरै आयाममा फैलिनुभएको देखिन्छ, हाँसिरहेको, उदास भइरहेको, आशाको उचाइ र निराशाको गहिराइमा पुगेको बीपीबारे बुझ्न सकिन्छ,’ उनले भने। समाजवादको सविस्तारदेखि बीपीका विभिन्न पाटोमा विरोधाषपूर्ण पाटो पुस्तकमा पढ्न सकिने एमाले उपमहासचिव ज्ञवालीले बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभागका प्रमुख मीन विश्वकर्माले आफू बीपीको लेखबाट प्रभावित भएर पार्टी प्रवेश गरेको स्मरण गर्दै यस पुस्तकमा बीपीले जेलमा आफ्नो दैनिकी, देशको राजनीतिक र उनी स्वयंको मनोविज्ञानको प्रसङ्ग समेटनुभएको बताए। यस्तै अर्का केन्द्रीय सदस्य प्रतिमा गौतमले बीपीका विभिन्न विधामा वैचारिक बहस गनुपर्नेमा जोड दिए।

प्रा डा कृष्ण खनालले बीपीको जेल डायरीमा जीवन्तता पाइने बताए। बीपीमाथिको भ्रमलाई यस पुस्तकले तोड्ने उनको भनाइ थियो।

प्रकाशित: २०८० भदौ ३० गते शनिवार ०८:२६
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना