पर्सा- पर्सामा फ्यान लाइन जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्य हुनेमा बहुदरमाई नगरपालिका-४ बहुअरी बस्ने २२ वर्षीय पानालाल महतो नुनिया छन्।
आफ्नै घरको सिलिङ फ्यानमा लाइन जोड्ने क्रममा करेन्ट लागेर उनको शनिबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


