काठमाडौं- तीज नाच भइरहेको ठाउँमा दुई पक्षबीच झगडा हुँदा पाल्पामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तिनाउ गाउँपालिका-२ का २४ वर्षीय सुनिल खत्री रहेको पाल्पा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तिनाउ-२ घोडेबासमा खत्री र उनका साथीभाइबीच आइतबार राति साढे १० बजे झगडा भएको थियो।
सोमबार राति साढे १२ बजे पुन: उनीहरूबीच झगडा र कुटपिट भएको थियो।
त्यसक्रममा गम्भीर घाइते भएका खत्रीलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा मृत्यु भएको पाल्पा प्रहरिले जनाएको छ।
कुटपिटमा संलग्न चार जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।


