काठमाडौं – सिन्धुली दुधौलीमा मोटरसाइकल र अटो ठोक्किँदा एक महिने शिशुको मृत्यु भएको छ।
दुधौली नगरपालिका-३ का एक महिनाका शिशुलाई जिल्ला अस्पताल सिन्धुलीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
आइतबार दिउँसो स९प ३४८९ नम्बरको मोटरसाइकल र प्र.२-०२-००१ ह १८२८ नम्बरको अटो दुधौली नगरपालिका-२ मदन भण्डारी सडकमा आपसमा ठोक्किएका थिए।
उक्त दुर्घटनामा अटोमा सवार शिशुसहित उनकी आमा रविना धामी घाइते भएका थिए। घाइते धामीको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
अटोमा सवार अन्य तीन जना सामान्य घाइते छन्। मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।


