कपिलवस्तु- आफ्नै बुवाको हत्या गरेको आरोपमा कपिलवस्तुमा छोरा पक्राउ परेका छन्।
६० वर्षीय बलबहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादको क्रममा विकासले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएका थिए।
बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले विकासलाई पक्राउ गरेको थियो।
विकासलाई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
