काठमाडौं- संविधान दिवसको अवसर पारेर सरकारले ६७० जना कैदीहरूको सजाय मिनाहा गरेको छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ती कैदीहरूको सजाय मिनाहा गरेका हुन्।
उनीहरू बुधबार रिहा हुनेछन्। राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषदको भदौ २९ गतेको बैठकको सिफारिसमा सजाय मिनाहा गरिएको जनाएको हो।



