काठमाडौँ- न्याय परिषद्को ३६ जनालाई जिल्ला न्यायाधीश बनाउन सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले यस्तो निर्णय गरेको हो।
परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ३६ जनालाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।
लोकसेवा आयोगले लिएको परीक्षामा पारशमणि पोखरेलले मात्र नाम निकालेका थिए।
परिषद्को बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ।
उच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा पदस्थापन गरिएको हो।










