काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।
बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोसी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोसी र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


