काठमाडौं- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसको विरोध गरेको छ। बुधबार काठमाडौंमा कार्यक्रम गर्दै लोसपाले संविधान दिवसको विरोध गरेको हो।
कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले नागरिकता विधेयक पास गरे पनि बिना पैसाको केही पनि काम नहुने बताएका छन्।
‘नागरिकता विधेयक कहिले राष्ट्रपतिबाट रोक्ने, कहिले के गर्ने कार्यहरु भए। बल्ल बल्ल पारित भयो,’ उनले भने, ‘सबैले त हैन कोही कोहीले नागरिकता पाइरहेका छन् तर दुःखको कुरा के छ भने बिना पैसा पाइरहेका छैनन्। भ्रष्टाचार कयौं गुणा हरेक क्षेत्रमा प्रष्ट देखिएको छ।’
देशको हरेक क्षेत्रमा भ्रष्टाचार प्रष्टै रुपमा देखा परेको बताए। महँगी बढेको र यसलाई नियन्त्रण गर्न सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ।


