सिन्धुली- सिन्धुलीमा सर्पले डसेर ६५ वर्षीया वृद्धाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुधौली नगरपालिका-६ हर्षाहीकी जानुका माझी छिन्।
सर्पले डसेर घाइते अवस्थामा भेटिएकी उनको बुधबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
बेलुका ७ बजे बुहारीले माझीलाई घाइते अवस्थामा फेला पारी दुधौली सर्पदंश अस्पतालमा पुर्याएकी थिइन्।
त्यहाँ पुर्याउँदा चिकित्सकले माझीलाई मृत घोषणा गरेका थिए। माझीलाई दाहिने हातको साइँली औंलामा सर्पले डसेको थियो।


