काठमाडौं- संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक, २०८० का प्रस्तावित व्यवस्थाको विरोध गर्न काठमाडौं आएका शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्।
होटल एभरेस्ट नजिकै राखिएको प्रहरीको ब्यारिकेड तोडेर अघि जाने प्रयास आन्दोलनकारी शिक्षकले गरेका हुन्। प्रहरीका लाठीसमेत खोस्न उद्यत भएपछि प्रहरी र शिक्षकबीच धकेलाधकेल पनि भएको थियो। शिक्षकहरूले सडक छेउमा रहेका बिरुवाका हाँगा भाँचिदिएका छन्।
देशभरका शिक्षक बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन्। नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका हुन्।














