काठमाडौं- सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाएका हुन्।
बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएपछि कर्फ्यू आदेश जारी गरिएको यादवले जानकारी दिए।
मूर्ति सेलाउन जाने क्रममा बेलुका साढे ७ बजे मुस्लिम बस्तीमा अज्ञात समूहबाट ढुंगामुढा प्रहार भएको थियो।
त्यसैक्रममा एक युवकमाथि छुरा प्रहार भएको थियो। छुरा प्रहार भएका ती युवकको अवस्था गम्भीर रहेको सर्लाहीका डिएसपी दीपेन्द्र पञ्जियारले बताए।
यसअघि श्री कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा दुई समूहबीच झडप हुँदा मलंगवामा कर्फ्यू लगाइएको थियो।
बिहीबार फेरि दुई समूहबीच झडप भएपछि प्रशासनले कर्फ्यू लगाएको हो।
पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोल पम्म) कर्फ्यु आदेश जारी गरिएको छ।


