सुनसरी- १६ लाख नक्कली नोटसहित इटहरीबाट एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा संखुवासभा पाँचखपन नगरपालिका-५ खमारेका २५ वर्षीय विवेक राई छन्।
उनलाई इटहरी उपमहानगरपालिका-६ हटिया लाइनबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो।
उनको साथबाट एक हजार दरका १६ सय थान नक्कली नोट बरामद भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो। यसबारे अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।


