२०८३ कार्तिक ११ गते मङ्गलबार

२७ वर्षको छँदा हत्या गरेका थिए, ६१ वर्षको हुँदा पक्राउ परे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ७
bhojpur-1695535435

काठमाडौं- २०४६ साल कात्तिक २७ गते भोजपुर साबिक दोभाने गाविस-६ हाल साल्पासिलो गाउँपालिका-५ का बद्रीकुमार राईको हत्या भयो।

दोभाने-७ का तत्कालीन वडाध्यक्ष रामनाथ राईको घरमा सुतिरहेकै रातको समयमा उनको हत्या भएको थियो।

दोभाने-८ का २७ वर्षीय चक्रबहादुर राईसहित चार जनाको समूह रामनाथको घरमा हतियारसहित पसेका थिए।

रामनाथलाई उनीहरूले केही गरेनन्। बद्रीलाई नियन्त्रणमा लिएर उनीहरूले धारिलो हतियार शरीरभरि वर्षाए।

प्रहरीका अनुसार आक्रमण गर्ने क्रममा उनीहरूले बद्रीको बायाँ हात छिनाएर लगेका थिए। हात छिनाएर लगेको केही समयमै अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको थियो।

भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदीप पाठकका अनुसार तत्कालीन अवस्थामा उनीहरू सबै फरार भएका थिए।

आफन्त पदमबहादुर राईले दिएको जाहेरीअनुसार चक्रबहादुरसहित चार जनालाई २०६० जेठ २७ गते जिल्ला अदालत भोजपुरले सर्वस्वसहित जन्मकैद फैसला गर्‍यो।

चक्रबहादुर घटना गराउँदा २७ वर्षका थिए। अहिले ६१ वर्षका भएका छन्। यो बीचको ३४ वर्षसम्म उनी कतै फेला परेका थिएनन्।

पाठकका अनुसार उनी घटनापछि भारततिर भागेका रहेछन्।

चक्रबहादुर भागेपछि उनको परिवार बसाइँ सरेर सुनसरीस्थित इटहरी उपमहानगरपालिका-२० तरहरामा बस्न थालेका थिए।

उनी सात-आठ वर्षयता सुनसरी आउने र भारत फर्किने क्रम जारी थियो। उनी आउजाउ गरेको प्रहरीले पत्तो पाएन।

‘केही समययता उनी बंगुर फार्म सञ्चालन गरेर बसिरहेका रहेछन्,’ पाठकले भने, ‘यो सूचना आएपछि हाम्रो टोली तरहरा गयो।’

पाठकका अनुसार शुक्रबार प्रहरी टोली तरहरा जाँदा चक्रबहादुर फेला परे। त्यही दिन राति चक्रबहादुरलाई प्रहरीले पक्राउ गर्‍यो।

उनलाई शनिबार भोजपुर ल्याइयो। प्रहरीले भोजपुरमा आइतबार बिहान पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको छ।

‘हाम्रो बुझाइमा सामसुम भइसकेको होला भनी चक्रबहादुर तरहरा आएर बंगुर पालन गर्न थालेका रहेछन्,’ पाठकले भने।

घटना गराउनुको स्पष्ट कारण खुलिसकेको छैन। तर, चक्रबहादुरको प्रारम्भिक बयानअनुसार बद्रीको त्यसबेला गाउँमा ‘दबदबा’ थियो।

‘वडाध्यक्षसँग निकट भएका कारण उनी अरूलाई हेप्थे, छोरीचेली जिस्क्याउने गर्थे भनी बयान दिएका छन्,’ पाठकले भने, ‘वडाध्यक्षको घरमै हत्या भएको कारण यसमा राजनीतिक, सामाजिक, आर्थिक सबै पाटाहरू जोडिन सक्ने हाम्रो आँकलन छ।’

चक्रबहादुर पक्राउ परे पनि अन्य तीन जना फरार नै छन्। पाठकले एक जना कहाँ छन् पत्ता लागिसकेको बताए।

‘उनलाई पक्राउ गरी ल्याउने तयारीमा छौं,’ उनले भने।

अदालतमा पेश भएको मिसिल नै धुलिइसकेको अवस्थामा चक्रबहादुर पक्राउ परेका हुन्।

बद्रीकुमारको बायाँ हात भने फेला परेन। उनको हात अर्कै व्यक्तिले फ्याँक्न लगेको चक्रबहादुरले प्रहरीलाई बताएका छन्।

प्रकाशित: २०८० असोज ७ गते आईतबार १२:५५
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना