काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्।
आइतबार प्रधान सेनापति शर्मा असोज ८ गतेदेखि यही असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३औं इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गरेका थिए। भारत प्रस्थान गर्नुपूर्व आजै उनलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो।
नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाइ कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्यान्डलगायत ३५ मुलुक सैन्य प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी रहने बताइएको छ।
भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते स्वदेश फर्किने छन्।




