काठमाडौं- सल्यानमा सोमबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
रोल्पाबाट दाङतर्फ तरकारी बोकेर जाँदै गरेको रा१च १०१५ नम्बरको सिंगल क्याप जिप बिहान सवा ६ बजे कपुरकोट गाउँपालिका-३ चोरखोलानजिक सेतापैरास्थित राप्ती राजमार्गमा दुर्घटना भएको हो।
सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार जिप अनियन्त्रित भएर सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
दुबै मृतकको सनाखत हुन नसेकेको उनले बताए। दुबै जना पुरुष हुन्।
दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका-२ का नारायण योगी गम्भीर घाइते छन्।


