बेइजिङ- चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।
प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।
त्यसअघि प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीच भेट भएको थियो।






